नेपालगन्ज : आफ्नो अध्ययन जीवनकालमा विद्यार्थीहरुका लागि निर्णय लिन प्लस २ पास गरेपछिको समय निकै गाह्रो हुनेगर्छ। प्लस २ पछि के पढ्ने ? कहाँ पढ्ने ? आफ्नो क्षमताले कुन विषय पढ्न सकिन्छ ? लगायत थुप्रै कुराहरूको निर्णय लिन विद्यार्थीहरुका लागि धेरै गाह्रोको विषय हो।
यो समयमा विद्यार्थीको करिअरको लागि राम्रो काउन्सिल जरुरी हुन्छ। यसैबीच, केही दिन अघि मात्रै सार्वजनिक प्लस टुको नतिजामा पास भएका विद्यार्थीहरुको लागि लक्षित फ्री करिअर काउन्सिल कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ।
इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज काठमाडौंको आयोजनामा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नेपालगन्जका विभिन्न कलेजबाट प्लस टु पास गरेका ५५ बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो। विद्यार्थीहरुले अब कस्तो कोर्स पढ्दा कस्तो स्कोप छ, कति खर्च हुन्छ, कति समय लाग्छ लाग्छ लगायतका कुराहरूको बारेमा जानकारी उक्त कार्यक्रममा दिइएको थियो।
विशेषगरी अहिले पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको होटल म्यानेजमेन्ट कोर्स सम्बन्धि जानकारी दिइएको थियो। निमेष उलक र सरोज पोख्रेलले काउन्सिल दिएका हुन् भने नेपालगन्जको इभेन्ट म्यानेज रवि बस्नेत र सशांक पोखरेलले गरेका हुन् । उक्त काउन्सिल कार्यक्रमबाट धेरै कुराहरू सिकेको उपस्थित विद्यार्थीहरुले बताए । साथै यस्ता खालका कार्यक्रमहरु बेला बेला हुन जरुरी रहेको पनि विद्यार्थीहरुको भनाइ थियो।











