बाँकेमा प्याजको बेर्नाको मुल्य किलोको ३ सय

नेपालगन्ज : बाँकेमा किसानहरुले यो समयमा प्याज लगाइरहेका छन । गत वर्ष प्याज कम लगाएका कारण महँगोमा किन्न परेकोले यस पटक धेरेले प्याज वर्षभरी खान पुग्ने गरि लगाइरहेका छन ।

प्याज खानाको लागी महँगोमा किन्न परेको बेला बिउ पनि तेब्बर बढी मूल्य तिरेर किसानहरुले दल राखेका थिए । महँगो दल राखेका किसान तथा व्यवसायिले अहिले बेर्ना पनि महँगोमा विक्रि गरिरहेका छन ।

बाँके, बर्दियामा अहिले प्याज लगाउने सिजन चलिरहदा मोटो डाठ भएको प्याजको बेर्नालाई २ सय २० देखि मसिनो डाठ भएकोलाई ३ सय सम्ममा खरिद विक्रि भैरहेको छ । महँगोमा खरिद गरेका विउ वेर्नाले उत्पादन कति दिनेहो त्यो भने हेर्न बाँकी नै छ ।

धेरै प्याज लगाउदाँ पछि विक्रि हुने समस्याले बाटोमा फाल्ने र त्यसै कुहिने अवस्था पनि नआउला भन्न सकिदैन ।

प्रतिक्रिया