खजुरा : बाँकेको खजुरा गाउँपालिकाका गाई भैसी पालन गर्ने एक सय जना किसानलाई दुध राख्ने भाडो वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश, मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई उक्त दुध राख्ने भाडो प्रदान गरिएको हो । मुख्यमन्त्रि रोजगार कार्यक्रमको आर्थिक सहयोग तथा खजुरा गाउँपालिका पशुसेवा शाखाको आयोजनामा भएको वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले गत वर्ष १सय बाख्रा वितरण गरिएकोमा यस पटक दुध बोक्ने १० लिटरको भाडो उपलव्ध गराइएको बताउनुभयो ।
प्रमुख कक्षपतिले स्थानियको जिवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु मुख्यमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत ल्याइएको बताउनुभयो । यसै कार्यक्रम अन्तरर्गत किसानहरुलाई बोयर बोका वितरण गर्ने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । गत वर्ष बाख्रा वितरण गरीयपछी प्रजनन का लागि यस वर्ष बोयर बोका दिन लागिएको पशुसेवा शाखाले जनायको छ । कार्यक्रममा बोल्दै कक्षपतिले आर्थिक आयमा न्युन रहेका समुदायका लागी यस किसिमको सहयोग तथा कार्यक्रमहरु ल्याइएको बताउनुभयो ।
मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रमका सदस्य तथा अगुवा किसान गेहेन्द्र धितालले प्रतक्ष किसानलाई फाइदा पुग्ने र रोगगारी सिर्जना गर्न यसले काम गरिरहेको बताउनुभयो ।
वितरण कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष देविलाल खनाल, वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतम, वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनार, कार्यपालिका सदस्य, पत्रकार लगाएत किसानहरुको सहभागिता रहेको पशुसेवा शाखाका प्रमुख रत्न बहादुर शाहीले जानकारी दिनुभयो ।














