खजुरामा ‘जनतासंग स्थानिय सरकार’ कार्यक्रम भोलिदेखि


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले जनतासंग स्थानिय सरकार भोलि सोमबार देखि सुरु गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले वडा नम्बर १ देखि कार्यक्रमको सुभारम्भ गर्ने गरि जनता र जनप्रतिनिधि विच अन्तरक्रिया गरिने बताउनुभयो । गाउँपालिकाका सम्बन्धित शाखाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत देखि सम्पुर्ण जनप्रतिनिधिले जनताको घरदैलामा गएर गुनासा सुन्ने र समाधानको उपाय अपनाउन तिर ध्यान दिइने गाउँपालिकाका प्रमुख कक्षपतिले बताउनुभयो।

यो सगै भोलि देखि गाउँपालिकाले आठ वटै वडामा निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । स्वास्थ्य शाखाको आयोजना तथा भिजन आँखा अस्पतालको सहकार्यमा खजुरा गाउँपालिका अन्तर्गतका आठै वटा वडाका स्वास्थ्य संस्थामा निशुल्क आँखा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जानकारी दिनुभयो ।

शिबिरमा भेटिएका जेष्ठ नागरिकलाई अपरेसन गर्नुपर्ने भएमा निशुल्क अपरेसन गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । भोलि सोमबार राधापुर स्वास्थ्य चौकी बाट सुभारम्भ भै फागुन तिन गते रनियापुर स्वास्थ्य चौकीमा समापन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया