‘तँ त कस्तो भाग्यमानी’ गीत युट्युबमा सार्वजनिक

विकास लामिछाने र अप्सरा तिमिल्सिनाको अभिनय रहेको ‘तँ त कस्तो भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा  गीतकार सुवासचन्द्र ढुंगेलको शब्द ,प्रविण बेडवालको स्वर र हरि लम्सालको संगीत छ ।

सरोज प्रधानको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो शनिबार युट्युब मार्फत सार्वजनिक भएको हो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा वियोगको कथा समेटिएको छ ।

गीतको म्युजिक भिडीयोमा बुद्ध थापाको छायांकन ,समरा जोशीको मेकअप र रुपेश खड्काको सम्पादन देख्न सकिन्छ।  गीतलाई महेश भट्टराईले निर्माण गरेका हुन्।  

प्रतिक्रिया