सडकबाट बेसाहरा मानिसको उद्धार गर्दै बाँके प्रहरी

जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख एसपी ओम बहादुर रानाको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले बेसाहरा मानवरहित सडक अभियानलाई सार्थक बनाउन अभियान थालेको छ |

रानाको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले वडा एरिया अन्तरगत सडकमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यबस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखी काम कारवाही गरि रहेको बाँके प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले मंगलबार बिहान राप्तिसोनारी गाऊपालिका वडा नं. ८ शम्शेरगंजबाट अन्दाजी १६-१७ बर्षकी एक किशोरी र राप्तिसोनारी गा.पा. २ अगैयाबाट २२-२३ बर्षका एक पुरुष व्यक्तिको उद्धार गरेको छ |

बाँके प्रहरी मानव रहित सडक अभियानमा क्रियाशिल भई कार्य गरिरहेको तथा निजहरुलाई संस्थाको जिम्मा लगाउन तर्फ आवश्यक प्रबन्ध भइरहेको एसपी रानाले बताएका छन् |

प्रतिक्रिया