खजुरा : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाई स्वास्थ्य सेवाको हव बन्न कुनै शक्तिले रोक्न नसक्ने बताउनुभएको छ । बुधबार वडा नम्बर ४ मा नव निर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका प्रमुख कक्षपतिले हरेक वडामा स्वास्थ्य सेवा पुगाइएको र थप उपचारका लागी खजुरामै रहेको क्यान्सर अस्पताल तथा स्वास्थ्य चौकिमा जनतालाई सेवा पुगाइरहेको बताउनुभयो ।
कक्षपतिले समृद्ध खजुरा निर्माण गर्ने क्रममा अर्को खुडकिलो पार गरेको अनुभुति भएको भन्दै उहाँले सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण भई सेवा आरम्भ गरिएको बताउनुभयो । खजुरामा अब वडा नम्बर ६ मा मात्र भवन उद्घाटन गर्न बाँकि रहेको उल्लेख गर्नुभयो । कक्षपतिले स्वास्थ्यकर्मिहरुलाई निर्देशन दिदै विरामिलाई मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभयो ।
३७ लाख लगानीमा निर्मित उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई थप सुविधा युक्त बनाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिका सधै प्रतिवद्ध रहेको कक्षपतिको भनाई छ ।

नव निर्मित भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उप प्रमुख एकमाया विकले स्वास्थ्य सेवा केन्द्रबाट दिर्घकालिन फाइदा लिन वडाबासीलाई आग्रह गर्नुभयो । कार्यपालिका सदस्य योगमाया खनालले वडामै जनताले स्वास्थ्य सेवा सुविधा पाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
स्वास्थ्य सेवा केन्द्रलाई जग्गा उपलव्ध गराएको मनकामना आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देउराम बुढाक्षेत्रिले घर छेउमै आधारभुत स्वास्थ्य सेवा लिन पाउदा हर्सित भएको बताउनुभयो । स्वास्थ्य स्वयम सेविका दुर्गा खत्रिले संघियता आइसकेपछि जनतालाई नभई नहुने शिक्षा तथा स्वास्थ्य घरदैलोमै दिने उदेश्यका साथ वडा स्तरमै स्वास्थ्यका सेवा दिन थालिएको प्रति धन्यबाद ज्ञापन गर्नुभयो ।
नब निर्मित भवन उद्घाटन कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनिराम खरालले गर्नुभएको थियो ।











