
नेपालगन्ज : नेपालगन्ज सुर्खेत रोड नर्सिङ होम अगाडी बिहीवार बिहान माइक्रोबस र कुखुरा बोकेको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
सुर्खेत रोडमा बिहान ५:४० बजे तिर मोटरसाइकल र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल सवार दुई जना घाइते बनेका थिए । घाइते एक जनालाई अस्पताल पुराए संगै मृत घोषित गरिएको थियो भने एकको नेपालगन्ज मेडिकल कलेज (नर्सिङ होम) नेपालगन्जमा उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रशासकीय अधिकृत कुमार अधिकारीले बताएका छन् ।
भे .ख २९८४ नम्बरको माइक्रोबस र भे ४ प ८१७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा ब्रोइलर कुखुरा बोकेको थियो ।
फोटो : भानु भट्ट
