पोल्ट्री व्यवसाय प्रबद्बनका लागि प्रदेश स्तरिय कार्यशाला सम्पन्न


लमहि (दाङ) : पोल्ट्री व्यवसाय प्रबद्बनका लागि विज्ञ तथा सरोकारवालाहरु विच प्रदेश स्तरिय कार्यशाला गोष्ठी लुम्बिनी प्रदेशको दाङ लमहिमा सम्पन्न भएको छ । कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको कार्यशाला गोष्ठिमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलको अध्यक्षतामा भएको गोष्ठीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डेले लुम्बिनी प्रदेशमा पन्छीरोगको अवस्था तथा नियन्त्रणका रणनितिकहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय लुम्बिनी प्रदेशका निर्देशक तुल्सिराम भण्डारीले प्रदेशको लागी प्रस्तावित पन्छिपालन नितिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायलका मन्त्रि आरति पौडेलको प्रमुख आतित्थमा सम्पन्न गोष्ठीमा बोल्ने व्यवसायिहरुले पोल्ट्री व्यवसाय तनाव ग्रस्त अवस्थामा रहेको भन्दै दुखेसो पोखेका छन । अहिले सुनिदै आएको पोल्ट्री व्यवसायमा विदेशि लगानी भित्राउन नहुनेमा जोड दिएका थिए । लुम्बिनी प्रदेश पोल्ट्री व्यवसायमा आत्मनिर्भर रहेको अवस्थामा सिमा क्षेत्रबाट हुने अबैध चोरी निकासी नियन्त्रण तर्फ चासो बढाउनुपर्नेमा व्यवसायिकहरुले जोड दिए ।

व्यवसायिहरुले गोष्ठिमा बोल्दै कुखुराको मुल्यमा एकरुपता नहुदाँ किसानहरु मर्कामा पर्ने गरेका कारण मुल्य निर्धारण तर्फ मन्त्रालयले पहल चालिदिन आग्रह गरेका थिए । व्यवसायिक भरतराज देवकोटाले कुखुरा तथा माछा, मासु र अण्डा उत्पादन किसानले गर्ने तर मुल्य विचौलियाले तय गर्ने भनेर प्रश्न गरेका थिए । जसले उत्पादन गर्छ उसैले समन्वय गरेर घाटा नलाग्ने किसिमले मुल्य तोक्न पाउनुपर्नेमा व्यवसायिहरुको जोड थियो । कुखुरा पालन गर्दा लगानी धेरे लाग्ने तर नाफा कम हुने भएकाले औषधिमा ५० प्रतिशत छुट व्यवस्था गरिनुपर्ने भन्दै व्यवसायिहरुले मन्त्रालय मार्फत कृषि मन्त्रि पौडेललाई माग राखेका छन ।

गोष्ठिमा उठेका कुराहरुलाई सम्बोधन गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्रि आरती पौडेलले पोल्ट्री व्यवसायको समस्या समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो । मन्त्रि पौडेलले पोल्ट्री व्यवसायको विकास गर्न निति निर्माणमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो । उहाँले साना देखि ठुला किसानका लागी साथमा लिएर हिड्ने बताउनुभयो ।
गोष्ठीमा बोल्ने व्यवसायिहरुले ठुला र साना किसानको विचमा आएको समस्या समाधान राज्यले गरिदिनुपर्नेमा आफ्ना भनाई राखेका थिए ।

गोष्ठीको छलफल सत्रमा बोल्दै बरिष्ठ पशु चिकित्सक हरि बहादुर कुंवरले विना लेवलको औषधि बजारमा पाइरहेकाले त्यसलाई नियमन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । पशु तालिम केन्द्र खजुराका प्रमुख बरिष्ठ पशु चिकित्सक टेकनाथ आचार्यले उत्पादन संग सम्बन्धित नितिगत सुधार गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल अण्डा व्यवसायि सघं केन्द्रिय अध्यक्ष शिवराज केसीले व्यवसायलाई टिकाइराख्न राज्यले गम्भिर भएर सोच्नपर्नेमा जोड दिनुभयो । कोभिडले थला परेको बेला व्यवसायिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो । केसिले कुखुरा व्यवसायमा अन्तरराष्ट्रिय हस्तक्षेप हुन लागेको सुनेपछि नेपालका व्यवसायिलाई थप चिन्ता थपिदिएको उल्लेख गर्नुभयो । उहाँले कुखुरा व्यवसायमा बैदेशिक लगानी थपिनु भनेको स्वदेशका नागरिकलाई बर्बादितिर थकेल्नु भएको भन्दै राज्यले किसानमारा लाई भित्रन नदिन गम्भिर हुनपर्नेमा जोड दिनुभयो ।

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख डा. रामानन्द तिवारी, कृषि तथा पशु पन्छि बिकास मन्त्रालयका सह सचिव डा. विमल कुमार निर्मलले केन्द्रिय सरकारद्धारा पोल्ट्री व्यवसाय सम्बन्धि बनेको नितिलाई परिमार्जन गर्न गृहकार्य सुरु गरिसकेको बताउनुभयो । सह सचिव डा.निर्मलले अहिले भित्रिएको वर्ड फ्लू खतराजनक नरहेको भन्दै चिन्ता नगर्न व्यवसायिहरुलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती पौडेलको अध्यक्षतामा सम्पन कार्यशाला गोष्ठिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पशुपंक्षि सम्बन्धि कार्यालयकाप्रमुख तथा प्रतिनिधि, पोल्ट्री व्यवसायीक सघंका पदाधिकारी, अगुवा व्यवसायि सरोकारवालाहरुको सहभागिता रहेको कुखुरा विकास फार्म खजुराका प्रबन्धक डा. शंकर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया