जन जागरणद्धारा विदेशबाट फर्केका कोभिड प्रभावितलाई सहयोग

नेपालगन्ज : बाँकेको खजुराबाट संचालनमा रहेको जन जागरण समाजले समाज रुपान्तरणका विषयमा काम गर्दै आएको छ ।

समाजमा सकारात्कम परिवर्तन ल्याउन समाजले मुस्लिम, मदेसी तथा विपन्न वर्गमा काम गरिरहदा पछिल्ला दिनमा कोभिड १९ सुरु भएपछि विदेशबाट फर्किएकाहरुलाई विभिन्न सहयोगको कार्यक्रम ल्याएको जन जागरणका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले बताउनुभयो । जिआइजेट र लि वर्डको सहयोगमा नेपालगन्जको पाँच वटा वडामा सहयोग कार्यक्रम सुरु गरेको छ ।

नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १३, १४, १५, १७ र २० नम्बर वडामा उक्त सहयोग कार्यक्रम संन्चालनमा ल्याएको हो । समाजले विदेशबाट फर्किएका ५ सय जनालाई सहयोग स्वरुप तरकारी र मकैको विउ वितरणगरिसकेको छ । पहिलो चरणमा वीउ विजन सहयोग गरेको समाजले दोश्रो चरणमा २४० जनालाई एक हप्ता पछि १० वटाका दरले कुखुरा वितरण गर्ने भएको हो ।

जन जागरण समाजका कार्यकारी व्यवस्थापक पुनका अनुसार वितरण गरिने कुखुरालाई बस्नका लागी खोर निर्माणका लागी सहयोग गरिने उल्लेख गर्नुभयो । ६० जनालाई भने सिटिभिटिबाट मान्यता प्राप्त सिपमुलक तालिम प्रदान गरिने जनजागरण समाज खजुराले जनाएको छ ।

प्रतिक्रिया