वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानमा बाँकेबाट को-को ?

नेपालगन्ज : वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ ।

सहसंयोजकमा हरि पराजुली रहेका छन् भने  सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णानुक्रमअनुसार राखेर अभियानका सचिव बाबुराम थापाले परिपत्र जारी गरेका छन् ।

बाँकेका इन्चार्जको रुपमा निरक गुरुङलाई जिम्मेवारी दिइएको अभियानमा यि ब्यक्तिहरु केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

कमल बस्नेत , डम्बर थापा, निरक गुरुङ, सुमन मल्ल, जनार्दन खत्री, रचना श्रेष्ठ, रुबि खान, सकिल अहमद, डोल राज अर्याल, दम थापा, पुनम घर्ती मगर, महेन्द्र राज शर्मा, याम बहादुर रावत, सुनिल धिताल, सुदन गुरुङ रहेका छन् ।

प्रतिक्रिया