नेपालगन्ज : नेपालगन्ज निवासी श्यामानन्द सिंह ठकुरीलाई प्रदेश स्थापना दिवसको उपलक्ष्यमा कला साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले
कला साहित्यमा पुर्याउनु भएको उल्लेखनीय योगदान बापत लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्यमा मुख्यमन्त्री शंकार पोख्रेलबाट ठकुरीले उक्त सम्मान ग्रहण गरेका हुन् ।
बाँकेको नेपालगन्जमा स्थायी बसोबास गर्दै बिगत ३ दशक देखि कला साहित्यमा लामो समयदेखि कलाकार श्यामानन्द सिंह ठकुरी सक्रिय रहदै आउनु भएको छ ।
त्यस्तै प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सोमबार भएको कार्यक्रममा समाजसेवा श्री पदक सम्मानबाट नेपालगन्जमा रहेको निलसागर वृद्धआश्रमका अध्यक्ष सरिता खनाल समेत सम्मानित हुनुभएको छ ।











