निर्देशक सुवेदिद्धारा निर्देशित थारु गित ‘हल्का बुरैलो’ सार्बजनिक

‘हेल्का बुरैलो’को भिडियो सार्बजनिक


नेपालगन्ज – पश्चिम क्षेत्रमा निस्कने गितको निर्देशनमा जमेरै लागेका नवराज सुवेदिले निर्देशन गरेको थारु गित ‘हेल्का बुरैलो’को भिडियो सार्बजनिक भएको छ ।

अन्य विधाका गितहरुको भिडियो धेरै निर्देशन गरेपनि थारुगित कमै निर्देशन गर्ने मौका पाएका सुवेदिले हालै नाच्ने खालको गितमा निर्देशनको भुमिका निभाएका छन ।

नेपालगन्जमा बसेर एक स्थानिय विद्यालयमा न्युत्य सिकाउने समेत गर्ने गरेका निर्देशक सुवेदिले विदाको दिन पारेर गितहरुको छायांकन गर्ने गरेका छन ।

पछिल्लो समय व्यस्त निर्देशकको रुपमा रहेको उनले सिएल शर्माको शव्द,सगित तथा स्वरमा सजिएको थारु गित ‘हेल्का बुरैलो’लाई निर्देशन गरेका हुन ।

बर्दियाको रमणिय पर्यटकिय स्थल बढैयाताल क्षेत्रमा छायांकन गरिएको भिडियोमा नरेश थारु र नविना चौधरीले अभिनय गरेका छन ।

थारु भाषाको रहनसहनमा सिर्जित गितमा रमणिय प्रर्यटकिय स्थल बर्दियाको सुन्दर दृश्य देख्न सकिन्छ ।

गितको भिडियो आर केसी डिजिटल युटुव च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया