सहारा बन्दै बिमा: मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न

नेपालगञ्जमा सोमबार एक कार्यक्रमका बिच बिमा सम्बद्ध मृत्यु दाबी भुक्तानी गरिएकाे छ ।

सन् नेपाल लाईफ इन्स्याेरेन्स कम्पनि लिमिटेड, शाखा कार्यालय नेपालगन्जले आराेही खत्री बिमित रहेकाे बिमालेखकाे प्रस्तावक रेश्मी राना (खत्री) काे मृत्यु पश्चात निज मृतकका श्रीमान बिर बहादुर खत्री र बिमित आराेही खत्रीलाई दाबी भुक्तानी रकम प्रदान गरिएको हो ।

कार्यक्रममा कम्पनिका अभिकर्ता गङ्गा गाैतम, प्राध्यापक मधुसुदन अधिकारी, बायाे मेडिकल इन्जिनियर नेत्र प्रसाद सापकाेटा र पत्रकार तथा समाजसेवी के.पी. घिमिरेले संयुक्त रुपमा साे दाबी भुक्तानी बापतकाे रु. ६२ हजार रुपैंया रकम बराबरकाे चेक हस्तान्तरण गर्नुभएकाे थियो ।

नेपालगन्ज शाखा प्रबन्धक कमल शाही

बिमा गरेपछि जाेखिम बहनमा उपलब्ध हुने सुबिधा अनुरुप क्रिया खर्च ५० हजार र तिन महिनाकाे मासिक आय सुबिधा (मासिक पढाई खर्च प्रति महिना रु. ४ हजार ) बापत १२ हजार गरि जम्मा रकम ६२ हजारकाे चेक हस्तान्तरण गरिएकाे कम्पनीका नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताउनुभयाे ।

निज बिमित खत्रीकाे २०७५ मङ्गसिर २८ गते २ लाख बिमाङ्क रकम बराबरकाे बिमालेख जारी भएकाे थियाे । करिब २ बर्ष पछि गत मङ्गसिर १५ गते मृतक रेश्मी राना (खत्री) काे उपचारकाे क्रममा नेपालगन्ज मेडिकल कलेज, काेहलपुरमा निधन भएकाे थियाे ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा कम्पनीकाे नेपालगन्ज शाखाका सक्रिय अभिकर्ताहरु, मार्केटिङ्ग म्यानेजरहरु साथै शुभचिन्तकहरु गरि करिब २० जनाकाे उपस्थिति रहेकाे थियाे ।

स्मरण रहाेस, अब उक्त बिमालेखकाे बिमितले १६ बर्ष उमेरसम्म प्रति महिना चार हजार कम्पनीले चेक मार्फत उपलब्ध गराउने र प्रति वर्ष तिर्नुपर्ने किस्ता रकम छुट हुनेछ ।

प्रतिक्रिया