ब्राउन सुगरसहित जमुनहा नकाबाट एक महिला पक्राउ

नेपालगन्ज : प्रतिबन्धित ब्राउन सुगरसहित एकजना महिला जमुनाह नाकाबाट पक्राउ परेकी छन् । जिल्ला सुर्खेत नगरपालिका ७ कालागाउ बस्ने वर्ष २७ की सृजना थापा पक्राउ परेको जमुनाह प्रहरीले जनाएको छ ।

जमुनाह प्रहरी, लागु औषध व्यूरोलगायतको टीमले साइड ब्यागमा कालो प्लास्टिकमा तीन पुडिया बनाइ राखेको २ ग्राम ५०० मिलि ग्राम प्रतिबन्धित ब्राउन सुगरसहित थापालाई पक्राउ गरेको हो । थापालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया