खजुरा : बाँकेको खजुरामा हिन्दु र मुस्लिम धर्मावलम्बीले मान्दै आएको मुसवेटवा बाबाको मजारमा आज देखि मेला लागेको छ । ऐतिहासिक तथा धार्मिक सदभाव महत्व बोकेको मजारमा हरेक बर्ष ऋषि पन्चमिको दिन देखि मेला लाग्ने गरेको छ ।
पुर्खौ देखि मान्दै आइएको मजार र त्यहा लाग्ने मेलाले धार्मिक तथा सामाजिक सदभाव र दुवै धर्मविचका अनुयायि विच मित्रता कायम राख्न मद्धत गरेको स्थानियहरु बताउछन । मेला संचालनका लागी केहि वर्षदेखि स्थानियहरुले व्यवस्थापनको जिम्मा लिदै आएका छन । मेला संचालन समितिका संयोजक झक बहादुर पौडेलका अनुसार दुई धर्म विचको आस्थाको केन्द्र रहेको मजारमा तिन दिन सम्म मेला भर्न नजिकैका जिल्लाहरु लगाएत छिमेकि देश भारतबाट पनि आउने गरेका छन ।

आज मेलाको सुभारम्भ गर्दै खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा मजारका संम्रक्षक तिलकविर सुनारले पुर्खौदेखि मान्दै आएको मेलालाई सबैले सकारात्मक रुपमा लिन पर्नेमा जोड दिए । कार्यपालिका सदस्य निसार अलि दर्जिले मुसवेटवा बाबाको शक्ति ठुलो भएकोले यसलाई मान्ने र विस्वास गर्नेहरुको संख्या धेरै रहेको उल्लेख गरे ।

समाजसेवि बेदनिधि प्याकुरेलले मुसवेटवा बाबाको मजार क्षेत्रमा लाग्ने मेला कहिले देखि लाग्न सुरु भयो त्यो कसैलाई थाहा नभएको र निरन्तर विस्वास गर्नेहरु मेला भर्न आउने गरेको बताउनुभयो । रेडक्रस सोसाइटि खजुरा साखाका सभापति जिबनाथ सापकोटाले बाबाको मजार र छेउमै रहेको एतिहसिक तलाउको संरक्षणमा थप काम गर्नुपर्नेमा जोड दिए ।

मुस्लिम धर्म गुरु मोहोमद रिजवानले हिन्दु र मुस्लिम धर्मावलम्बीले च्यादर चढाउने र मागेको पुग्छ भन्ने मान्यता रहदै आएकोले यसको महत्व बढदै गएको उल्लेख गरे । मेला संचालक समितिका सदस्य निर्मल खनालले मेलाले गर्दा दुई धर्म विच भाइचाराको सम्बन्ध बलियो हुदै आएको बताए ।

दुबै धर्मावलम्बीले पुजा गर्ने बिरलै पाइने भएकोले यसको यतिहासिक महत्व रहेको र सधै एकताको सन्देश दिने गरेको छ । मेला तिन दिन सम्म लाग्ने संचालन समितिले जनाएको छ ।












