खजुरा गाउँपालिका द्वारा निशुल्क आँखा सिविर, चौधसय बढीलाई सेवा

खजुरा गाउँपालिकाले भिजन आँखा अस्पतालसंगको सहकार्यमा आयोजना गरेको निशुल्क आँखा शिविरमा १ हजार ४२१ जना जेष्ठ नागरिकले सेवा लिएका छन् ।

खजुरा गाउँपालिका ८ वडामै शिविर आयोजना गरिएको थियो । जनतासंग स्थानीय सरकार कार्यक्रम अन्तर्गत आयोजना गरिएको निशुल्क आँखा शिविर मा भिजन आँखा अस्पताल नेपालगन्जले अप्रेसन, औसधि वितरण र चेकजाँच गरेको थियोे ।

८८५ जना महिला र ५३६ जना पुरुषले सेवा लिएकोमा १५६ जना ७० वर्ष माथी र १३२ जना ७० वर्ष मुनिका नागरिकको आँखा अप्रेसन गर्नुपर्ने देखिएको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

आज वडा नं. ८ रनियापुरमा आयोजित समापन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमा विकलागायले जनताका प्रत्यक्ष सवाल पालिकाको काम गर्न खोजेको बताए ।

प्रतिक्रिया