विज्ञान-प्रविधि प्रदर्शनीमा आएका राम्रा प्रतिभालाई आविष्कार केन्द्रले सहयोग गर्ने

नेपालगन्ज :

विज्ञान प्रविधिको प्रदर्शनीमा आएका राम्रा प्रतिभालाई आविष्कार केन्द्रले सहयोग गर्ने

राष्ट्रिय आविष्कार केन्द्र प्रालिका अध्यक्ष तथा अभियन्ता महाबिर पुनले उत्कृष्ट सोच तथा ब्यापारिकरण गर्न सकिने सोच तथा योजना भएका व्यक्तीहरुका लागि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरीएको बताएका छन ।

बिहिबार नेपालगन्जका पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले नयाँ प्रविधि तथा सोच भएका ब्यक्तिहरुलाई आविष्कार केन्द्रले सहयोग गर्दै आएको र नयाँ सोच र योजना लिएर आउनेहरूको लागि नै आविष्कार केन्द्र बनेको बताएका छन् ।

राष्ट्रिय आविष्कारले बिज्ञान अध्यन र अध्यापनको लागि चाहिनेओसामाग्री नेपालमै उत्पादन गर्नको लागी आवहान गरेको पुनले बताएका छन् । केही ब्यक्तिले बिज्ञान बिषयका अध्यापन सामाग्री बनाउन लिस्ट समेत लिएर आएको पुनले बताए ।

स्थापनाकाल देखि हाल सम्म केन्द्रले ३२ वटा विभिन्न प्रोजेक्टमा सहयोग गरेको छ जसमध्ये धेरै जसो प्रोजेक्ट अन्तिम चरणमा पुगेको पुनले बताए ।

बाँकेमा पहिलो पटक फागुन ८ गतेदेखि विज्ञान प्रविधिको प्रदर्शनी तथा महोत्सव हुन गईरहेको छ त्यसैको सिलसिलामा महोत्सव आयोजकले बिहीवार पुन संग पत्रकारहरुको अन्तरक्रिया कार्यक्रम राखेको हो ।

पुनले महोत्सवको बारेमा बोल्दै विज्ञान प्रविधिको प्रदर्शनी तथा महोत्सवमा आएका राम्रा प्रतिभा वा आइडियालाई केन्द्रमा पठाएको खण्डमा प्रोजेक्ट हेरेर त्यसमा आविष्कार केन्द्रले लगानी गर्ने पुनले बताएका छन् ।


प्रतिक्रिया