खजुराका स्वास्थ्यकर्मिले महामारीमा जुध्न नयाँ कार्य योजना बनाए

खजुरा : बाँकेको खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मिहरुले महामारीमा जुध्न नयाँ कार्ययोजना निर्माण गरेका छन । आज स्वास्थ्य शाखाको आयोजनामा भएको अन्तरक्रिया तथा स्वास्थ्यकर्मि परिचालन कार्यक्रममा उनिहरुले नयाँ कार्ययोजना सहित काम गर्न चाहेका हुन ।

कोभिड १९ लगाएत विभिन्न माहामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानिका लागि सरोकारवालासगंको अन्तरक्रियामा बोल्ने अधिकाशले स्वास्थ्यकर्मिले नयाँ योजना सहित प्रभावकारी ढङ्ले सेवा गर्न तयार रहेको बताएका थिए । नयाँ कार्य योजनाले थप जिम्मेवार बनाउन सहयोग पुगाउने स्वास्थ्य शाखाका उप संयोजक टिका माया गुरुङ्गले बताउनुभयो ।

महामारीमा अन्यको भन्दापनि स्वास्थ्यकर्मिको भुमिका ठुलो हुने भएकाले आफु शुरक्षित हुदै विरामिको उपचारमा कटिबद्ध भएर सेवा गर्न सधै तयार रहेको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले बताउनुभयो । कार्यक्रममा माहामारीका रुपमा लाग्ने रोगहरु र त्यसबाट पर्ने असर र स्वास्थ्यकर्मिको भुमिकाका बारेमा डाक्टर पुजा सुनारले सहजिकरण गर्नुभएको थियो ।

अन्तरक्रियामा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, योजना अधिकृत दिल बहादुर पौडेल, पशु सेवा शाखाका प्रमुख रत्न बहादुर शाहि, स्वास्थ्य स्वयम सेविका, हरेक वडाका कोभिड फोकल पर्सन, वडा स्तरिय प्राथमिक स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया