बर्दियाका सहायक सिडिओ देवकोटालाई सम्मान

नेपालगन्ज : बाँके बर्दिया मैत्री समाज जापानले बाँके बर्दिया मैत्री समाज जापानको (२०१८ -२०२०) कार्यकालको सल्लाकारको भूमिका निभाएका बर्दिया जिल्लाका सहायक सिडिओ ओम प्रकाश देवकोटालाई सम्मान गरेको छ ।

कार्यक्रममा वैदेशिक रोजगारको क्रममा दुर्घटनामा परेका आर्थिक अवस्था कमजोर रहेको बर्दिया निवासी बलबिर थारुलाई आर्थिक सहयोग समेत गरेको छ ।

बाँके बर्दिया मैत्री सामज जापानले ‘स्पोर्ट फर ब्रोदरहुड’ भन्ने नाराका साथ प्रथम नेपाल-जापान स्नुकर टुनामेन्ट खेलाएर बचत रकम बर्दिया निवासी बलबीर थारु लाई सहयोग गरेको हो ।

थारुलाई समाजले ५५ हजार ७सय २५ रुपैयाँ  आर्थिक सहयोग गरेको बाँके बर्दिया मैत्री समाजका अध्यक्ष सुशील मल्लले बताए ।

बाँके बर्दिया मैत्री समाज जापानको सल्लाहकारको रुपमा २०१८-२०२० सम्म महत्त्वपूर्ण सल्लाह र संस्थालाई कृयाशिल पार्न गरेको उल्लेख्य सहयोग र सल्लाहको लागी उच्च कदर गर्दै संस्थाको सल्लाहकार समेत रहेका बर्दिया जिल्लाको सहायक सिडिओ ओम प्रकाश देवकोटालाई कार्यक्रममा मधुबन नगरपालिका प्रमुखद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रम मधुबन नगरपालिका मेयर कृष्ण केसीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रमको सभापति पूर्ण चन्द्र पोखरेल हुनुहुन्थ्यो । सम्मान तथा आर्थिक सहयोग कार्यक्रमको संयोजक बाँके बर्दिया मैत्री समाज जापानका उपाध्यक्ष बिनोद ओलि रहेका थिए भने कार्यक्रमको संचालक बिनोद चन्दले गरेका थिए ।

प्रतिक्रिया