मानव बेचविखन गर्नेहरु सक्रिय हुदै

खजुरा : सिमा खुलेसगै मानव बेचविखनका घटना घटाउनेहरु सक्रिय हुन थालेको एक कार्यक्रमका सहभागिले बताएका छन । लकडाउन खुकुलो भएपछि खुलेको सिमानाका बाट हुने मानव तस्करी गर्नेहरु पुन सक्रियभएर लागेका कारण नियन्त्रणमा ध्यान दिन सरोकारवालालाई आग्रह गरिएको थियो ।

बाँके युनेस्को क्लवको आयोजनामा बाँकेको खजुरामा भएको बाल अधिकार समिति र मानव बेचविखन विरुदको समितिलाई सवलिकरण कार्यक्रममा बोल्ने अधिकासले मानव बेचविखन एक गम्भिर अपराध भएको भन्दै यस्तो नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिएका थिए । खुला सिमानाका कारण पनि मानव वेचविखनलाई नियन्त्रणमा ल्याउन नसकिएको सरोकारवालाको भनाई थियो ।

रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत संचालन गरिएको उक्त कार्यक्रमा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले सिमामा निगरानि बढाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

माइति नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले सहजिकरण गर्नुभएको सवलिकरण कार्यक्रममा खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, इलाका प्रहरी कार्यालय धनौलिका इन्चार्ज प्रहरी निरिक्षक बसन्त आचार्य, किशोरी क्लवका अध्यक्ष मन्जु थापामगर लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया