बाँकेमा ११ जना मात्रै कोरोना संक्रमित, खाली हुँदै आइसोलेसन

नेपालगन्ज :  कोरोना भाइरस (कोभिड – १९)  संक्रमणको सुरुवाती दिनदेखि नै उच्च जोखिममा रहेको बाँके जिल्लामा कोरोना संक्रमण बिरामिको संख्या शुन्यमा झर्न लागेको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले आइतबार जारी गरेको तथ्यांकले अनुसार बाँकेमा ११ जना मात्रै कोरोना संक्रमीत रहेको देखाएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकका फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार बाँके जिल्लामा ११ जना कोरोना संक्रमीत रहेका मध्य भेरी अस्पताल नेपालगन्जमा ५ जना रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेका छन् ।

नेपालगन्जको भेरी अस्पतालमा पुरुष २ र महिला ३ गरि जम्मा ५ जना कोरोना पोजेटिभ रहेका छन भने होम आइसोलेसनमा ४ महिला र २ पुरुष रहेका छन् ।

कोरोना कहरको सुरुवात देखि नै बाँकेको विभिन्न स्थानिय तह एकपछि अर्को कोरोनाको हटस्प्ट बन्दै आएको भएपनी हाल जिल्लाकै कोरोना संक्रमण दर शुन्यमा आउन लागेको छ । विश्व जगतमा कोरोना बिरुद्धको भ्याक्सिन सुरु भए संगै नेपाल र बाँकेमा समेत कोरोना बिरुद्धको खोप सुरु भैसकेको छ ।कोरोना संक्रमणको दर न्यून हुँदै गएको अवस्थामा बाँकेमा संचालित कोभिड आइसोलेसनहरु बन्द भैसकेका छन् । यता भेरी अस्पतालमा मात्रै कोभिड वार्ड संचालनमा रहेको छ ।

प्रतिक्रिया