बाँकेको कुसुमबाट चितुवाको छाला सहित ३ पक्राउ

नेपालगंज : बाँके राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमबाट बाँके प्रहरीले चितुवाको छाला सहित तिन जनालाई पक्राउ गरेको छ  । 

बाँकेको राप्तिसोनारी गाउँपालिका एरिया हुदै चितुवाको छालाको ओसारपसार भैरहेको सुचनाका आधारमा आइतबार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले तिना जनालाई पक्राउ गरेको हो  । 

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका वडा नम्बर ३ का जित बहादुर डिसी, सल्यानकै कुमाख गाउपालिका वडा नम्बर ३ का हिमेद्र ओली र सल्यान कुमाख ७ का कमल डिसी रहेका छन्  । 

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पत्रकार सम्मेलन गर्दै चितुवाको छाला सहित पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेका छन्  । 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पक्राउ परेका ब्यक्तिहरु बाट एचपी लेखिएको झोलाबाट दुइ थान चितुवाको छाला फेला परेको बताएका छन् | पक्राउ परेका व्यक्तिहरु मध्ये जित बहादुर डिसी बन्य जन्तुका छाला तथा अंग खरिद बिक्रि गर्ने कारोबारी रहेको र उक्त चितुवाको छाला निजले दुइ वर्ष पहिलेनै पासोमा परेर निकालेको अनुसन्धानको क्रममा खुलेको एसपी रानाले बताए  । 

प्रतिक्रिया