नेपालगंजबाट अवैध १० लाख भारतीय रुपैया सहित एक पक्राउ

नेपालगंज : नेपालगंजबाट अवैध १० लाख भारतीय रुपैया सहित एक व्यक्ति पक्राउ परेका छन् |

शसस्त्र प्रहरी बलबिओपी जमुनाहको सप्रनी जिबनालाल बुढा र जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत रहेको भन्सार सुरक्षा गार्ड नेपालगंजबाट खटिएको प्रनानी भिम बहादुर खड्काको टोलीले दिल्ली जफ्फरबाद बस्ने ५४ बर्षका मुनावर खानलाई १० लाख भारतीय अवैध रकम सहित पक्राउ गरेको हो |

नेपालगंज भन्सार चेक पोइन्टबाट पैदल आउदै गरेका खानको चेकजाँच गर्ने क्रममा उनको साथबाट दुइ वटा झोलामा भारतीय रुपैया २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १९८८ थाना गरि १० लाख भारतीय रुपैया भेटिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले सोमबार बाँकेमा पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् |

प्रतिक्रिया