खुद्रा व्यापारबाट मासिक पच्चीस हजार आम्दानी

कृष्णजी कुर्मी, नेपालगन्ज : जानकी गाउँपालिका वडा नः १ पचपोखरा बाँकेमा बस्ने ५५ बर्षका गफुर कबडिया एकजुट समूहको सदस्य हुन । उनको परिवारमा ११ सदस्य रहेका छन् । उनीसंग १० कठ्ठा जमिन छ । उनको मुख्य आयआर्जनको श्रोत खुदा ब्यापर रहेको छ । उनी गाउँगाउँ डुलेर तरकारी र फलफुल बिक्री गर्ने गरेका छन् । गफुर मासिक करीब २५ हजार रुपैया आम्दानी गर्दै आएका छन् ।

गफुर कबडियालाई एकजुट समुहले सन् २०१५ मा लघु उद्यमशिलता गर्नका लागि निर्णय गरेको थियो । समुहको निर्णय अनुसार जनजागरण समाजले विकास कोष, नर्वेको साझेदारीमा सञ्चालित दिगो जीविकोपार्जन सुधारका लागि स्थानीय अग्रसरता कार्यक्रम मार्फत २ दिने लघु उद्यमशीलता सीप बिकास तालिम प्रदान गरेको थियो । तालिम पछि संस्थाबाट लघु उद्यम सञ्चालन गर्न रु. ९,५००। प्राप्त गरेका थिए । जसबाट गाउँगाउँ डुलेर बिक्री गर्न लागि एउटा साइकल, ढक तराजु तथा मसलाहरु खरीद गरी उद्यम शुरु गरेका थिए ।

गफुर कबडिया भन्छन्– “संस्थाबाट पाएको सहयोगले धेरै कमाएको छु । बालबच्चाको पढाई र घर खर्च मज्जाले चलेको छ । एउटा छोरा र २ वटा छोरीको विवाह खर्च पनि यहि व्यवसायबाट जुटाएको छु । घर बनाउनका लागि एक लाख बराबरको जस्तापाता किनेको छु । समूहमा पच्चीस हजार वचत गरेको छु । कहिले काही आफन्तहरुलाई सरसापट पनि दिन्छु । नेपालगंजबाट थोकमा ल्याएर खुद्रा बिक्री गर्छु । समुदायको माग अनुसार तरकारी, फलफुल र मसला बिक्री गर्छु ।”

प्रतिक्रिया