नेपालगन्ज : पायोनियर मोटो कर्प प्रा.लिको बाँके-बर्दियाको अधिकृत बिक्रेता देवमंगल इन्जिनियरिङ प्रालीद्वारा बिग, बोल्ड र ब्युटिफुल निशान म्यागनाईट गाडिहरु सार्वजनिक गरेको छ।
मंगलबार पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गर्ने क्रममा नेपालगन्जमा देवमंगलले गाडिहरु सार्वजनिक गरेको हो ।
बाँके तथा बर्दियाका ग्राहकहरुले देवमंगलमा गएर बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाईटको मूल्य रु २९ लाख ४९ हजार बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निसान म्याग्नाइटले निशान नेक्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्ने बताएका छन् ।

नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुविधाहरू छन जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० भ्यु जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ ।
म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ।
देवमंगल इन्जिनियरिङ प्रालीका प्रबन्ध निर्देशक श्री विवेक कुमार श्रेष्ठका अनुसार नयाँ निसान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा कोशे ढुङ्गाको काम गर्नेछ।
विशेष गरी हाम्रो मुल्यवान ग्राहकहरुका लागि बिग, बोल्ड, ब्युटिफुल र क्यारिजम्याटिकु निशान म्यागनाईट २९ लाख ४९ हजारमा बजारमा ल्याएका छौं। ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं, श्रेष्ठ बताउछन् ।













