रामु ओली :
नेपालगन्ज खाने परिकारको लागी प्रसिद्ध छ । यहाँको चाट , रावडी, पानी पुरि, हलुवा पराठा, र छोयला भटुरा सम्मले नेपालगन्जका बासिन्दालाई मात्रै होईन यहाँ भित्रने पाहुना समेत लाई लोभ्याउने गर्छ ।
त्यसैमा हालका दिनहरू नेपालगन्जको परिकारमा एउटा नयाँ आयाम थपिएको छ- मट्का । खान्की मीठो र स्वादिष्ट संगै खान्कीको /परिकार हेर्दा लोभ्याउने पनि हुनुपर्छ, यो मान्यतालाई हाल नेपालगन्जले मट्काको प्रयोग गरेर प्रमाणित गर्दै छ ।
मट्कामा चिया पिउने चिया पारखिहरुको संख्या दैनिक बढी रहेको छ नै मट्कामा चिया पस्कने चिया पसलहरु समेत दिनप्रतिदिन बढी रहेका छन् । चिया भन्नू नै मट्का भन्ने भावको बिकास भैरहेको नेपालगन्जमा अक्सर चिया पसलमा मट्कामा चिया पाउने गर्दछ ।
बिपि चोक छेउमा रहेको कन्हा डेरिमा बिहानै एक हुल युवाहरु जम्मा भैसकेका हुन्छन् । मट्का चिया र मट्का दहिको पारखी रहेका ती युवाहरु दैनिक जसो त्यहाँ पुग्ने बताउछन् ।
सामान्य कपमा पाइने चिया भन्दा केही महँगो रहने मट्का चिया पिउदा मट्काको माटोको सुगन्धले मट्का चिया पिउन बाध्य बनाउछ , नेपालगन्ज १० का श्याम श्रेष्ठले बताउछन् । श्रेष्ठ र उनका साथिहरु कन्हा डेरिमा बिहान मट्का चियाको स्वाद लिन अक्सर आउने गरेको बताउछन् ।
त्यस्तै लामो समय देखि बिपि चोक नजिकै चिया पसल गर्दै आएका नाफिस अहमद गुड्डुले आफ्नो गुड्डु टि स्टलमा हालका दिनमा मट्कालाई राम्रै स्थान दिएका छन । चिया पिउने पारखिले मट्का मै चिया पिउने भन्न थाले संगै उनले मट्कामा चिया बेच्न थालेको बताउछन् । काचको गिलास उति सारो प्रयोगमा आउदैन, अक्सर चिया पसलले प्लास्टिक तथा कागजको कपमा चिया दिने प्रचलन बढेको समयमा नेपालगन्जमा भने मट्काले राम्रै स्थान हासिल गरेको छ । जसले वातावरण र स्वास्थमा समेत सकारात्मक असर त पारेको छ नै मट्का बनाउने समुदायको समेत राम्रै रोजगारी प्राप्त भएको छ ।
नेपालगन्जका युवा पुस्ताको मन लोभ्यान सफल मट्काको चिया र दहिले केही बर्ष देखी नेपालगन्जमा आफ्नो ब्राण्डिङ गर्न सफल भैसकेको छ । माटोको भाडा बनाउने कुमाले र त्यसै पेशामा संगलग्न समुदाय केही बर्ष यता देखी नेपालगन्जमा माटो बाट बनेको मट्कामा चिया र दही खान अग्रसर भैदिदा उनीहरुको खस्कदै गएको पेशा र आम्दानीको स्रोतले थोरै भएपनि गति लिएको नेपालगन्जमा पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार कमल न्यौपाने बताउने गर्छन् ।
‘हामी आफै पनि मट्कामा चिया र दहि खान्छौ, मट्कामा चिया पिउदा जुन किसिमको स्वाद मिल्छ त्यो अरुमा कहाँ पाउनु र अहिले मट्का नेपालगन्जको एउटा ब्रान्डकै रुपमा स्थापित हुँदै गैरहेको छ जसले नेपालगन्जलाई एउट नयाँ परिचय समेत दिने छ’ , न्यौपानेले बताए ।
मट्कामा खिर
उता कोहलपुर पिपरी सम्भवत पहिलोपटक मट्का खिर समेतको बिक्रीवितरण सुरु भएको थियो । ब्यवसायिक रुपमा मट्कामा खिर नेपालगन्जको लागी नौलो भएको मट्का खिरको स्वाद लिन कोहलपुर सम्म पुग्ने गर्दथे तर लकडाउनका कारण हाल उक्त मट्का खिर सुरु गरेको ब्यवसाय अहिले अस्तित्वमा छैन तर त्यसपछी नेपालगन्ज तथा कोहलपुरमा मट्का खिरले समेत स्थायित्व पाएको छ ।
केही नयाँ गर्न रुचाउँने युवापुस्ताले आफ्नो मौलिका छुपेको मट्कालाई प्रयोगमा ल्याउदा औधी खुसी समेत छन् ।











