खगेन्द्र दाहाल, नेपालगन्ज : बाँके जिल्लामा भारतबाट अबैध रुपमा भित्रने कुखुराको तस्करीमा स्वयम प्रहरीको संलग्नता रहने गरेको खुलेको छ । भारतमा कुखुरा सस्तो मुल्यमा पाइने भएकाले पछिल्ला दिनमा तस्करी ह्वात्तै बढेको हो ।
दिनहुँ विभिन्न खुला नाका बाट लुकाई छिपाई बोइलर कुखुराको तस्कर हुने गरेको र त्यसमा घुमुवा प्रहरीको संलग्नता रहेको एक कुखुरा व्यवसायिले नाम उल्लेख नगर्ने अनुरोधमा सुचना दिएका छन । पुरै व्यस्था मिलाएर अबैध रुपमा कुखुरा आयात हुने गरेको कुखुरा व्यवसायि सघं बाँकेका अध्यक्ष लाल बहादुर खत्रिले बताए । खत्रिले भारतबाट कुखुरा भित्रिनाले नेपालका किसान मर्कामा परेको गुनासो गरे ।
ति कुखुरा व्यवसायिले नेपालगन्जका अधिकाशं मासु पसलमा भारतिय बोइलर कुखुराका मासु विक्रि हुने गरेको बताए । धेरे जसो पसलले अहिले नेपालको कुखुरा खरिद गरेको विल देखाउन नसक्ने अवस्थामा छन किन भने उनिहरुले भारतिय कुखुराहरु विक्रि गरिरहेका छन, ति व्यवसायिले भने । भारतबाट भित्राईएका बोइलर कुखुरा नेपालगन्ज मात्र नभएर सुर्खेत, दैलेख, जाजरकोट सम्म पुग्ने गरेको छ । कुखुरा व्यवसायिहरुले नै यसको कारोबारमा सक्रिय भएपछि भारतिय कुखुरा सहजै भित्रिरहेको एक व्यवसायिले बताए ।
कुखुरा व्यवसायिका अनुसार धेरे मात्रामा सुर्खेतमा भारतिय कुखुरा पुगाउने गरिएको छ । भारतिय कुखुरा भित्राउदा सुर्खेतमा महामारी फैलिएको हुन सक्ने अनुमान समेत लगाइएको छ । अहिले बाँकेको सबैजसो नाका कुखुरा तस्करीको रुपमा प्रयोग हुदै आएको प्रतक्ष्यदर्सी स्थानियहरुले बताउछन । उता नरैनापुर नाका बाट बोइलर कुखुरा भित्रिरहेका छन । बेतहनी, हिरमिनिया नाका क्षेत्रबाट पनि कुखुरा अवैध रुपमा भित्रिरहेको किसानहरुले गुनासो गरे ।
दैनिक ६,७ वटा गाडि लोड हुनेगरी भारतिय बोइलर कुखुरा भित्रिदा समेत नियन्त्रणमा ल्याउन नसकेको व्यवसायिहरुले गुनासो गरेका छन । केहि व्यवसायिहरुको बदमासीमा घुमुवा प्रहरीले साथ दिएकोले पनि तस्कर मौलाएको पिडित व्यवसायिले बताएका छन । भारतबाट १८० प्रति केजिमा पाइने र नेपालमा खरिद गर्दा २१० पर्ने भएकाले पनि व्यवसायिहरुले लुकाई छिपाई अबैध रुपमा कुखुरा ल्याउने र विक्रि वितरण गर्ने गरेको पाइएको हो ।
समाचार श्रोतका अनुसार भारतिय कुखुराका मासु प्रहरीका भान्सा सम्म पुग्ने गरेको छ । राति २ बजे देखि विहान ५ बजेसम्म तस्करीहरु सक्रिय भएर रातारात कुखुरा भित्राउने गरेको श्रोतले जनायो । प्रहरीनै यसको सहयोगी बन्न थालेपछी नेपालका किसानहरु चिन्त्तित बनेका छन ।










