नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारीको पहल र समन्वय पछि नेपालगन्ज- गुलरिया सडक खण्डको मानपुर मोडमा रहेको दुई तले घर भत्काइएको छ ।
घर भत्किए संगै जिल्लाबासिमा खुसी छाएको छ भने उक्त सडक खण्डमा बाटो खुला देखिएको छ । अक्सर दुर्घटना हुने उक्त स्थानको घर भत्काउन र सडक फराकिलो पार्न सिडियो रामबहादुर कुरुम्वाङ्गले लामै मेहनत गरेका थिए ।













