सनविम मावि नेपालगन्जका विद्यार्थीहरुको लोभलाग्दो कला (फोटो फिचर)

नेपालगन्ज : नेपालगन्जमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शैक्षिक संस्था हो सन बिम माध्यमिक विद्यालय । हाल १२ कक्षा सम्मको पठनपाठन गराइरहेको सनबिम माबिले एकेडमीक ज्ञान मात्रै नभएर विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराउँदै आएको छ।

उसो त सनबिम माविमा अध्ययनरत विद्यार्थीहरु शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि निपुण छन् । उनै विद्यार्थीहरुको अतिरिक्त क्षमता प्रदर्सनका लागि विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना समेत गर्यो। कला, शिल्प र विज्ञान प्रदर्शनीको नाम दिएर आयोजना गरिएको कार्यक्रममा नर्सरीदेखी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले आफुद्वारा निर्मित विभिन्न सामाग्री प्रदर्शन गरेका थिए।

नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् नेपालगन्ज वडा नम्बर १ का अध्यक्ष समेत रहेका प्रमोद रिजालले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीद्वारा निर्मित विभिन्न सामाग्री अवलोकन गरेका थिए।

विद्यार्थीहरुले आफुले बनाएका करिब ४ सय बढी सामाग्रीहरु प्रदर्शन गरेका थिए। प्रदर्शन गरिएका सामाग्रीहरुको अवलोकन गरि विद्यार्थीहरुलाई थप प्रोत्साहन गर्नको लागि नेपालगन्जका विशिष्ट व्यक्तिहरू, शिक्षक-शिक्षिका लगायत अधिकांश अभिभावकहरुको उपस्थिति रहेको थियो।

विद्यार्थीहरुको अतिरिक्त प्रतिभालाई पनि प्रस्फुटन गर्न र हौसला प्रदान गर्नको लागि यस्ता खालका कार्यक्रम बेला बेलामा आयोजना गर्दै आएको बताउँछन सनबिम माबिका प्रबन्ध निर्देशक पवन गौतम ।

त्यस्तै, सनबिम माविका अध्यक्ष गिरीराज पौडेल , हिसानका केन्द्रिय उपाध्यक्ष एवम् सनबिमका सन्चालक ईश्वर पोखरेल , सनबिमका प्राचार्य शान्त मल्ल लगायतका विशिष्ट व्यक्तित्वहरुले पनि विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै एकसाथ सामाग्रीहरुको अवलोकन गरेका थिए।

हेर्नुहोस विद्यार्थीहरुद्वारा निर्मित विभित्र सामाग्रीहरु..

प्रतिक्रिया