नेपालगन्ज : नेपालगञ्जमा शनिबार एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी गरिएकाे छ । सन् नेपाल लाईफ इन्स्याेरेन्स कम्पनि लिमिटेड, शाखा कार्यालय नेपालगन्जले बिमित बाबुराम महताेकाे मृत्यु पश्चात निज मृतकका श्रीमती एशिया महताेलाई मृत्यु दाबी भुक्तानी बापतकाे चेक हस्तान्तरण गरेको हो।
गैर सरकारी संस्था महासंघ नेपाल, बाँकेका अध्यक्ष नमस्कार शाह, बासका केन्द्रीय अध्यक्ष रमेश सिटाैला र नेपालगन्ज मेडिकल कलेजका प्रशासकिय अधिकृत कुमार अधिकारीले संयुक्त रुपमा साे दाबी भुक्तानी बापतकाे ११ लाख रकम बराबरकाे चेक हस्तान्तरण गर्नुभएकाे हो ।
बिमा गरेपछि जाेखिम बहनमा उपलब्ध हुने सुबिधा अनुरुप क्रिया खर्च र अन्य खर्च बापत १ लाख र बिमाङ्क रकम १० लाख गरि ११ लाखकाे चेक हस्तान्तरण गरिएकाे नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताउनुभयाे ।
निज बिमित मृतक महताेकाे २०७६ माघ महिनामा रु. १० लाख बिमाङ्क रकम बैदेशिक राेजगार म्यादी जीवन बिमा याेजनाका बिमालेख जारी भएकाे थियाे । करिब ६ महिना पछि गत श्रावण ०५ गते बाबुराम महताेकाे बर्दियाकाे बाँसगढीमा सवारी दुर्घटनाबाट निधन भएकाे थियाे ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा कम्पनीकाे नेपालगन्ज शाखा अन्तरगत भुरीगाँउ उपशाखा प्रमुख कमला शाही र साेही उपशाखाका सक्रिय मार्केटिङ्ग म्यानेजर छबिलाल लम्साल, काेहलपुर उपशाखा प्रमुख दल बहादुर थारु, शाखका सक्रिय अभिकर्ताहरु, मार्केटिङ्ग म्यानेजरहरु साथै शुभचिन्तकहरु गरि करिब २१ जनाकाे उपस्थिति रहेकाे थियाे ।
उक्त बिमालेख जारी हुँदा बिमितले बिमा शुल्क बापत रु. ९ हजार ५ सय ६५ रुपैंया बुझाउनु भएकाे कम्पनीका नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताउनुभयाे ।









