हेमन्त शाही : बाँके-बर्दिया मैत्री समाज जापानको तेश्रो अधिवेशन मार्फत अध्यक्षमा अर्जुन थापा चयन भएका छन् ।
शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको अधिवेशनबाट बाँके बर्दिया मैत्री समाज जापानको अध्यक्षमा थापा चयन भएका हुन् । समाजले कोभिड -१९ को कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुन एप मार्फत अधिवेशन सम्पन्न गरेको हो ।
बाँके- बर्दिया मैत्री समाज जापानको नयाँ कार्यसमितिको उपाध्यक्षमा बिनोद वलि, ललिता बुढा मगर, मिन के. सी. र सन्तोष पाण्डे चयन भएका छन् त्यस्तै महासचिवमा ओम पौडेल सचिवमा उत्तम खनाल र तेजु बि.सी, कोषाध्यक्षमा सरोज बोहरा, सह कोषाध्यक्षमा सुसिल थापा क्षेत्री र प्रवक्तामा बलराम उपाध्याय चयन भएको निवर्तमान अध्यक्ष सुशील मल्लले जानकारी दिएका छन् ।
बाँके-बर्दिया मैत्री समाज जापानको २०२१-२०२३ को सदस्यहरुमा टिका कुमारी वली, पुर्ण प्रसाद गौतम, हेमन्त बंशि, खेम कर्ण थापा, सुदर्शन गुरुङ, सुरज डि.सी, पुरुषोत्तम ढकाल चयन भएका छन् भमे संस्थाको संरक्षकको रुपमा सुसिल मल्ल रहेका छन् ।
त्यस्तै संस्थाको सल्लाहकार टिममा बिजय ज्ञवाली, जनक बिक्रम शाही, दीपक शाही, मेघराज कडेल, ज्ञानु पौडेल, कमल राज पाण्डे रहेका छन् ।
बाँके-बर्दिया मैत्री समाज जापानले जापानमा रहेका बाँके-बर्दियाबासीलाई संगठित पार्दै आपसी मेलमिलापको वातावरण तयार गर्दै बाँके तथा बर्दियामा खेलकुद तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।











