नेपालगन्ज : लागूऔषध सेवन र त्यसले उब्जाउने सामाजिक बिकृती र समस्या अनगिन्ती रहेका छन् । लागुऔषध सेवनकै लागी बाँकेका केही महिलाहरू यौन धन्दामा लागेको रहस्य खुलेको छ ।

कुनै न कुनै लागुऔषध प्रयोगकर्ता बनिसके पछि लागुऔषध सेवनको लागि चाहिने रकम जोहो गर्मे क्रममा महिलाहरु यौन धन्दामा लाग्ने गरेको खुलेको हो ।

पुरुष लागू औषध प्रयोगकर्ता अन्य अपराधिक गतिविधि (चोरी, हत्या र लुटपाट) मा सकृय हुने गरे पनि अक्सर महिलाको केसमा भने उनिहरु यौनजन्य ब्यवसायमा छिर्ने गरेको नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।


बाँकेमा यतिनै संख्यामा महिला लागु औषध प्रयोगकर्ता रहेको यकिन तथ्यांक नभए पनि हालको अवस्थामा करिब १ हजारको आसपासमा महिला लागु औषध प्रयोगकर्ता रहेको र त्यसमध्ये लाउ औषध सेवनको लागि यौनजन्य ब्यवसायमा करिब ३०-५० जना सम्म रहेको अनुमान गरिएको छ ।
रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा चेन्ज टिमको प्रोग्राम कोर्डिनेटर इन्द्रा कुमारी जिसिले समुदायमा काम गर्ने क्रममा लागू औषध सेवन गर्नैका लागि आवश्यक पैसा जोहो गर्न यौन जन्य क्रियाकलापमा लागेको र त्यस्तो केश प्राय गरि पार्टनर वा श्रीमान कै सहमतीमा समेत हुने गरेको बताउनुभयो ।
बाँकेको हकमा महिलाहरु प्राय आफ्नै केटा पार्टनरकै कारण लागू औषध प्रयोग गर्न थालेको र त्यसको लत बसेपछि परिवारबाट आएको पैसाले नपुग्ने भए पछि यौन ब्यवसायमा होमिने गरेको पाइएको जिसिले बताउनुभयो ।

कतिपय अवस्थामा त लागू औषध सेवन गर्नलाई दैनिक पैसाको आवश्यकता पर्ने भए पछि केटा साथिले नै आफ्फ्नो केटि साथिलाई लागू औषध प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको समेत अध्ययनले देखाएको कार्यक्रममा सहभागीले बताए ।
रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले आइतबार नेपालगन्जमा लागू औषध प्रयोगकर्ताको लागि बैकल्पिक उपचार बिधीको बारेमा सरोकारवाला निकाय संग छलफल गरेको थियो सो क्रममा बाँकेमा भैरहेका सुस्म विवरण खुलासा भएको हो ।












