साउदीमा मृत्यु भएका मल्लको परिवारको राहतको लागी सहयोग जुटाउदै बाँके बर्दिया मैत्री समाज

नेपालगन्ज : वैदेशिक रोजगारीको सिलसिला मृत्यु भएका खजुराको खेमकुशल मल्लको मृत्यु पछि उनको परिवार पर्ने आर्थिक भार कम गर्न बाँके बर्दिया मैत्री समाज जापानले सहयोग जुटाउन अभियान सुरु गरेको छ ।

बाँके खजुरा वडा नम्बर दुई निवासी खेमकुशल मल्लको रोजगारीको क्रममा साउदी अरबमा मृत्यु भएपछि बाँके बर्दिया मैत्री समाज जापानका संस्थापक अध्यक्ष तथा गैर आवासीय संघ जापानका महासचिब जनक बिक्रम शाह र संस्थाका अध्यक्ष अर्जुन थापाको सक्रियतामा सहयोग जुटाउने कार्य भैरहेको संस्थाका संरक्षक सुशील मल्लले जानकारी दिएका छन् ।

मृतक मल्ल वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको रियादमा काम गर्दै आएका थिए । शनिबार उनको साउदिको दावादमी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

खेमकुशल मल्लको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले अन्तिम संस्कार गर्न निकै कठिन अवस्था रहेको हुदा बाके बर्दिया मैत्री समाज जापान, संस्था संग आवद्ध साथिहरु र अन्य साथिहरुहरु संग सहयोगको आव्हान गरेरका छौ । समाजका प्रबक्ता बलराम उपाध्यायले बताएका छन् ।

मृतक खेम कुशल मल्लको पार्थिव शरीर नेपाल पठाउनका लागी साउदी अरबमा रहेको नेपाली दुतावास सँग निरन्तर प्रयास गरिरहेको र कानुनी प्रकिया सबै मिले पछी अबको ४/५ दिनमा मृतकको पार्थिव शरीर नेपाल पाठाइने उपाध्यायले बताए ।

त्यस्तै समाजले सहयोग गर्नु इच्छुक महानुभावहरूले बाँके बर्दिया मैत्री समाज जापानको खातामा रकम जम्मा गर्न सक्ने समेत जनाएको छ । हालसम्म यो अभियानमा अर्जुन थापा, सन्तोष पाण्डे, तेजु बिसी,सुरज डीसी, सेरु सुनार,रेशम केसी,डिएस गुरुङ, ज्ञानेन्द्र हमाल,प्रशान्त तामांग,भोजराज गिरी,दिब्य धौगोडा,हेमन्त बंसी, बिनोद कुँवर, जमुना खत्री, उत्तम खनाल , प्रेम पौडेल, ओम पौडेल, सुरज थापा मगर, खेम कर्ण थापा, ललिता बुढा मगर, बिनोद ओली, बलराम उपाध्याय, मिन केसी, शुशिल थापा छेत्री, जनक बिक्रम शाही, सुशील मल्ल, सुदर्सन गुरुङ, अमोंग थापाले सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया