बाँकेमा एचआइभी संक्रमित पनि यौन ब्यवसायमा

लागूऔषध सेवनकर्ता नै यौन पेशामा सक्रिय


नेपालगन्ज : नेपालगन्ज र समग्र बाँकेमा यौन धन्दा मौलाएको र बाकेका विभिन्न स्थानहरूमा गोप्य रुपले हुने गरेका यौनजन्य ब्यवसायमा धेरैको आँखा पुगेको छैन । प्रहरी प्रशासन समेत मौन जस्तै रहेको बाँकेको यौन ब्यवसाय र लागूपदार्थ दुर्ब्यसन बिचको कडिले होस उडाउने गरेको छ ।

समग्र बाँकेमा २५ सय भन्दा बढी कडा खालका लागू पदार्थ सेवनकर्ता रहेको बताइ रहदा १ हजारको आसपासमा महिला समेत रहेको खुलेको छ । त्यसैमा एचआईभी एड्स जस्तो यौन रोग लागेको केही महिला लागू पदार्थ सेवन गर्नका लागि यौन क्रियाकलापमा लाग्ने गरेको तथ्य खुलेको छ ।

लागू औषध सम्बन्धी कार्य गर्दै आएको एक संस्थाले आइतबार नेपालगन्जमा आयोजना गरेको एक  सरोकारवालाले समुदायमा काम गर्ने क्रममा लागू औषध सेवन गर्नैका लागि आवश्यक पैसा जोहो गर्न यौन जन्य क्रियाकलापमा लाग्ने गरेको र त्यसमा कतिपय एचआईभी एड्स संक्रमीत समेत रहेको खुलास गर्नु भएको थियो ।

लागू औषध र एचआईभी एड्सको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामा काम गर्ने  एक ब्यक्तिले समेत केहिको संख्यामा नेपालगन्जमा एचआईभी एड्स भएका महिला हालका दिनमा समेत यौन ब्यवसायमा सकृय रहेको जिकिर गरेका छन् ।

जो लागू औषध प्रयोग गर्ने क्रममा एचआईभी पोजेटिभ भए र हाल पनि लागू औषध प्रयोग गर्नैका लागि यौन जन्य गतिविधिमा लागिरहेका छन् , उनले बताए ।

लागुऔषध प्रयोगकर्तालाई  लागुऔषध सेवनको लागि चाहिने रकम जोहो गर्ने क्रममा महिलाहरु यौन धन्दामा लाग्ने गरेको खुलेको हो । जसमध्ये केही एचआईभी एड्स तथा अन्य यौनजन्य रोगहरु लागेका समेत लागू औषध सेवनको लागि यौन गतिविधिमा लागेको जिकिर गर्नुभएको छ ।

लागू औषध प्रयोगकर्तालाई समयमै सुधार गर्न र उनिहरुको बैकल्पिक उपचार पद्धतिमा ल्याएर उनीहरुको आर्थिक आयआर्जनको बाटो देखाउन जरुरी रहेको समेत सरोकारवालाहरुले बताएका छन् । त्यसो गर्न नसके पुरुष  लागू औषध सेवनकर्ता विभिन्न अपराधी गतिविधिमा संलग्न हुने र महिलाहरु यौन ब्यवसायमा सरिक हुने हुदा समयमै त्यसतर्फ ध्यान दिनु पर्ने भनाइ राखेका थिए ।

बाँकेमा यतिनै संख्यामा महिला लागु औषध प्रयोगकर्ता रहेको यकिन तथ्यांक नभए पनि हालको अवस्थामा करिब १ हजारको आसपासमा महिला लागु औषध प्रयोगकर्ता रहेको र त्यसमध्ये लागु औषध सेवनको लागि यौनजन्य ब्यवसायमा करिब ३०-५० जना सम्म रहेको अनुमान गरिएको छ ।

बाँकेको हकमा महिलाहरु प्राय आफ्नै केटा पार्टनरकै कारण लागू औषध  प्रयोग गर्न थालेको र   त्यसको लत बसेपछि परिवारबाट आएको पैसाले नपुग्ने भए पछि यौन ब्यवसायमा होमिने गरेको पाइएको बैठकमा सरोकारवालाले बताएका छन् ।

कतिपय अवस्थामा त लागू औषध सेवन गर्नलाई दैनिक पैसाको आवश्यकता पर्ने भए पछि केटा साथिले नै आफ्फ्नो केटि साथिलाई लागू औषध प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको समेत अध्ययनले देखाएको कार्यक्रममा सहभागीले बताए ।

प्रतिक्रिया