रुपईडिहा जाँदा परिचयपत्र र मास्क अनिवार्य

नेपालगन्ज : नेपाल -भारत सिमानाका जमुनाह नाका भएर भारतीय बजार रुपईडिहा जाने हरेक ब्यक्तिको आइडी कार्ड ( परिचय पत्र ) हेरेर मात्रै प्रवेश दिने गरिएको छ । सोमबार नेपालबाट भारतिय बजार रुपईडिहा बजारमा सामान्य खरिदारी गर्न जाने नेपालीहरुलाई पनि परिचयपत्र देखाएर मात्रै प्रवेश दिइएको थियो ।

कोरोना संक्रमण जोखिम बढे संगै सिमानाका दुइतर्फी सिल भए पनि हालका दिनमा नेपाल तथा भारत दुबै देशले सिमानाका खुला गरेका छन् । सिमानाकामा आउजाउ गर्न दिइए पनि सवारीसाधन भने नेपालतर्फ नै  राख्न लगाउने र नेपाली सवारीसाधन भारत तर्फ छिर्न नदिने गरेका छन् ।

भारतबाट आउने मालबाहक गाडी र त्यही गाडी फिर्ताको लागि भारतले अनुमति दिए पनि नेपाल बाट प्राइभेट गाडिहरुलाई बन्देज लगाएको छ । त्यस्तैमा भारतमा जाने हरेक नेपालिको सोमबार परिचय पत्र हेरेर मात्रै अनुमती दिने गरेको हो ।

यता  आइतबार मात्रै जनमत पार्टीले नेपालगन्जको जमुनाह नाकामा सवारीसाधन सहज तरिकाले आउजाउ गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

जनमत पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषसहितको टोलीले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगलाई ज्ञापनपत्र बुझाउँदै सिमा वारपार गर्न सवारीसाधन आउजाउमा सहज प्रदान गर्न माग गरेका थिए ।

कोरोना भाइरस महामारीको जोखिम कम भइसकेकाले नाकालाई सहज बनाउनु पर्ने माग नेपालगन्जबासीको रहेको छ। मानिस आउजाउ गर्न दिने तर सवारीसाधन आउजाउ गर्न नदिदा झन्झट बढेको भन्दै स्थानियले बिरोध समेत जनाउने गरेका छन् ।

प्रतिक्रिया