फेसबूकका मालिक मार्क जुकरवर्ग विश्वका ५ औं धनीको सूचीमा

संसारभर लोकप्रिय रहेको सामाजिक सञ्जाल फेसबूकका मालिक मार्क जुकरवर्ग विश्वका धनीको सूचीमा ५ औं नम्बरमा देखिएका छन् ।

छोटो समयमै अर्बपतिको सूचीमा परेका जुकरवर्ग सन् २०२० को सम्पत्ति विवरण अनुसार धनीको ५ औं नम्बरमा परेका हुन् ।

मंगलवार जारी भएको ग्लोबल रिच लिस्ट–२०२१ अनुसार जुकरवर्गको सम्पत्ति १०१ अर्ब डलर रहेको छ । माइक्रोसफ्टका मालिक बिल गेट्स ११० अर्ब डलर सम्पत्तिका साथ चौथो नम्बरमा रहेका छन् ।

भारतको रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी विश्वका धनीको सूचीमा ८ औं नम्बरमा रहेका छन् । उनी एसियामा भने दोस्रो नम्बरमा रहेका छन् । एसियामा सबैभन्दा बढी सम्पत्ति चीनका चोङ शानशानसँग रहेको रिपोर्टमा उल्लेख छ । उनको सम्पत्ति ८५ अर्ब डलर रहेको छ । 

प्रतिक्रिया