नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न घरदैलो कार्यक्रम गरिएको छ । वडामा रहेको लगनशिल किशोरी क्लवको अगुवाईमा वडालाई बाल विवाह मुक्त घोषणा गर्न लागिएको हो ।
वडामा लगनशिल किशोरी क्वलका २४ जना किशोरीहरु आवद्ध भई विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन । किशोरीहरुले खजुरा गाउँपालिका, वडा कार्यालय, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँकेसगं साझेदारी गर्दै अभियानलाई तिब्रता दिएको हो । बुधबार खजुरा बजार लगाएतका क्षेत्रमा घरदैलो अभियान संचालन गरी स्टीकर टाँस गर्ने, जन चेतनामुलक सचेतना फैलाउने काम गरेका थिए ।
रयालीमा लगनशिल किशोरी क्लवका किशोरीहरु, अन्य वडाका किशोरी क्लवका पदाधिकारीहरु, वडा कार्यालयका जन प्रतिनिधि , वडाध्यक्ष कान्तुराम गौतम, स्याक नेपालका फिल्ड सुपरिभाइजर कल्पना आचार्य, इलाका प्रहरी कार्यालय धनौलीका प्रतिनिधिहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
किशोरी क्लवका किशोरीहरुले वडालाई बाल विवाह मुक्त घोषणा गर्नका लागी विभिन्न तालिम, खेलकुदका कार्यक्रम, सडक नाटक, घरदैलो कार्यक्रम लगाएतका क्रियाकलाप गरेका थिए । वडालाई एक हप्ता अवधिमा बाल विवाह मुक्त घोषणा गर्ने गरि तयारी गरिएको लगनशिल किशोरी क्वलका अध्यक्ष मन्जु थापा मगरले जानकारी दिईन ।












