कोहलपुर : कोरोना कहरले सुस्ताएको ब्यापार व्यवसायलाई माथि उकास्न र व्यापारीको समस्या सम्बोधन गर्ने भन्दै कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि साझा समाबेसी व्यवसायी प्यानल चुनावी माहोलमा होमियको छ ।

२२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानल बिजयी गराउनका लागी मतदान गर्न व्यवसायी भेटघाट कार्यक्रम गरेको हो । भेटघाटका क्रममा साझा समावेशी प्यानललाई कोहलपुरका ब्यवसायीहरुले निर्वाचनमा साझा समावेशी प्यानलका उम्मेदवारलाई नै जिताउन प्रतिवद्दता जाहेर संगै आफ्ना मागब्र सुझावहरु समेत राखेका थिए ।


खनाल नेतृत्वको समुहले कोहलपुर दैनिक व्यवसायीहरुसँग भेटघाट तथा व्यववसायीक सुझाव संकलन गरिएको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । खड्काले साना व्यवसायीहरु प्रबद्धन गर्न, महामारीका कारण समस्यामा परेका व्यवसायीलाई बित्तिय संस्थाहरुको सहकार्यमा सहयोग कार्यक्रमहरु संचालन गर्न, करदाता शिक्षा संचालन गर्न सुझावा दिएको र त्यसै अनुसार आफ्नो प्यानलले जित पछी व्यवसायीको हकहित र समस्या समाधान तर्फ कार्य गर्ने बताएका छन् ।

उता कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि साझा समाबेसी व्यवसायी प्यानलका अध्यक्ष पदका उम्मेदवार बिष्णु प्रसाद खनालले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता व्यवसायीले गरेको जानकारी दिए साथै व्यवसायीबाट करदाता शिक्षाका लागी हेल्प डेस्क संञ्चालन गर्न सुझाव आएको जानकारी दिएको बताए ।














