नेपालगञ्जमा पर्यटकको रोजाई ‘टाँगा सफारी’

नेपालगञ्ज :

नेपालगञ्जमा पर्यटकको रोजाई ‘टाँगा सफारी’

नेपालगञ्जमा यात्राका लागि टाँगाको प्रयोग फेरि बढ्न थालेको छ । केही वर्षअघि नेपालगञ्ज टाँगाको सहरका रुपमा चिनिए पनि अन्य सहज यात्राका लागि सवारी साधन आएपछि यसको प्रयोग गर्ने क्रम घटेको थियो ।

नेपालगञ्जमा सयौंको संख्यामा रहेका टाँगा घटेर २÷३ वटा सम्म पुगेका थिए । तर, अहिले पुनः टाँगामा यात्रा गर्नेको संख्यामा वृद्धि हुँदै आएको छ ।

हाल नेपालगञ्ज शहरमा एक दर्जनको हारहारीमा टाँगा पुगिसकेको छ । नेपालगञ्जको धम्बोझीदेखि भन्सारसम्म आवतजावतका लागि प्रयोगमा आउने अधिकांश टाँगा हाल आएर नेपालगञ्जमा रमणीय स्थानसम्म आन्तरिक तथा वाह्रय पर्यटकलाई घुमाउन प्रयोग हुन थालेका छन् ।

पर्यटकहरु पनि ‘टाँगा सफारी’ गर्न औधी रुचाउने गरेको स्थानीय टाँगा चालकहरु बताउँछन् ।

नेपालगञ्जको परिवेशमा टाँगामा यात्रा गर्दा आनन्द आएको आन्तरिक पर्यटक असिम ढकालले बताए ।

नेपालगञ्जमा पर्यटकको रोजाई ‘टाँगा सफारी’

प्रतिक्रिया