कोहलपुर आन्दोलन :नगरपालिकाबाट प्रदान गरिने सम्पुर्ण कामकाज ठप्प पार्ने चेतावनी

नेपालगन्ज : बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ शान्तिनगर र डुडुवा (गन्धर्व टाेल) का स्थानीय नागरिकहरु द्वारा बिगत १२ दिन देखी कोहलपुर नगरपालिका कार्यालय घेराउ गरेर धर्नामा बसेका छन्

बुधबार देखी रातदिन नगरपालिका घेराउमा रहेका स्थानीय नागरिक आफुहरुले राज्यबाट पाउने अधिकार नपाएसम्म नगरपालिका अनिश्चितकालका लागी धर्ना दिनेमात्र नभएर नगरपालिका बाट प्रदान गरिने सम्पुर्ण कामकाज ठप्प पार्ने आन्दोलनमा आएका स्थानीय रोशन खत्रीले बताएका छन् ।

गत फागुन ५ गते पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरिएको थियो तर आज १२ दिन पुग्दा समेत स्थानीय सरकार मौन देखिएको छ आखिर किन स्थानीय जानकी पुन मगर भन्छिन २०५४ सालदेखि बस्दै आएका छौँ ।

यस अघिको सुकुम्बासी आयोगले फारम भर्यो र सुकुम्बासी लालपुर्जा दिएको छ र सुकुम्बासी परिचयपत्र पनि दिएको छ त्यो सुरक्षीत हामिसंग छ गएको चुनावमा भोट हाल्यौ मतदाता नामावली पनि हामीले सुरक्षीत राखेका छौँ । हाम्रो भोट चल्ने हाम्रो अधिकार दिन नसक्ने सरकार हाम्रो कामको छैन भनेर स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।

हाम्रो मुख्य मुद्वा भनेको बसाइँसराइ दर्ता घर कर सहितको फारम भर्ने हो भने आवश्यक छानबिन गरेको खण्डमा हामी तयार छौँ तर आज १२ दिनसम्म पनि यस्को सुनुवाइ भएको छैन अब आगामी दिनमा आन्दोलन अझै शसक्त भएर जानेछ र आन्दोलन बाट भएको सम्पुर्ण क्षतिको जिम्मेवारी कोहलपुर नगरपालिकाले लिनुपर्छ ।

अब हामिसंग केहि बाँकी छैन भोकभोकै धर्ना दिएका छौँ दैनिक ज्यालादारी गरेर बेलुका चुलो बाल्ने गरिखाने बर्गको बसाई छ । अझै पनि स्थानीय सरकार निर्मम देखिए आफुहरु बन्दुकको गोलि गोलि खान तयार छौँ ।

स्थानीय सरकार लाईलाग्न सक्छ कि यस्तै आन्दोलन गर्छन् अनि जान्छन् यसो हैन स्थानीय सरकारलाई हेक्का होस् कि २०६२-०६३ को १९ दिने आन्दोलनले तत्काल तानाशाहको अन्त्य गरेको थियो ।

अब कोहलपुर नगर सरकार लाई जनता कुन स्थानमा पुर्याउछन भनेर कोहलपुर क्षेत्र अव्यवस्थित भुमिहिन तथा दलित सुकुम्बासी संघर्ष समिति का अध्यक्ष जिबन थापाले बताएका छन् ।

प्रतिक्रिया