जयपती ढकाल : हुम्ला जिल्ला ताँजाकोट गाँउपालिका लाई दिगो विकास निर्माणका कामलाई प्राथमिक र सम्भावना बोकेर काम संचालन गरेका छौं,आउने दिनहरुमा दिगो विकास पार्दशिता नितान्त ताँजाकोट गाँउपालिकाको बिकास र समृद्धिको यात्रामा लिन सबैको सहकार्य रहेको अध्यक्ष बाग्दल मल्लले भन्नू भएको छ ।
ताँजाकोट गाँउपालिका हुम्लामा आर्थिक बर्ष ७६/७७ मा आएको बजेटलाई समान,आवश्यकता भएको स्थानलाई बढी निगरानीका साथ विकास गरेको गाँउपालिका अध्यक्ष मल्लले बताए।
दुर्गम भौगोलिक बिकटता बोकेको गाँउपालिका भए पनि चुनौतीको सामना गर्दै अवसरलाइ दिगो विकासको रुपमा लिएको अध्यक्ष मल्ल बताउछन् ।
सडक संजालमा नजोडिएको हुम्ला जिल्ला अहोरात्र लामो प्रयासबाट सडक संजाल जोडिएर थप टेवा पुगेको ,जनतामा खुसी छाएको मल्लले जानकारी दिए।
संघ,प्रदेश ,गाउँपालिका, संघसंस्था बाट हारगुहार गरेर बजेट ल्याएपनी भौगोलिक दृष्टिकोण ,बिकट्ता,अशिक्षित ,गरिबी , बेरोजगार गर्दा केही समस्या भोग्नु परे पनि अनेक चुनौतीका बावजुद पनि दिगो बिकास ,समृद्धि खोजी रहेको मल्लको भनाइ छ,।
सामाग्री खरिद गरेर ल्याउदा ढुवानीमा समस्या समानको जटिलताले केही असर पारेको छ,तथापि जनतामा निर्वाचित हुदा दिएका आशवासन ,दृढता आफुले भनेका केही भनाइ र जनताको मागलाई सम्बोधन गर्दै शहरको सुबिधा गाँउमै दिने कोसिस गरिरहेको ,र सडक ,विद्युत,शिक्षामा बढी जोड दिएको अध्यक्ष मल्लले बताउछन् ।
आवश्यकता र समयको माग अनुसार बिकासमा तीव्रता दिएको र सुबिधा सम्पन्न तीन वटा विद्यालय मर्च गरि एउटा नमुना अावासीय बिधालय घोषणा गरि निमार्णाधिन भइ गुणस्तरीय शिक्षाको लागि हरकदम चाली रहेको उनले बताए ।
गरिब तथा बिपन्न परिवारलाइ छात्रवृत्ति आर्थिक सहयोग भर्पुररुपमा दिएको अद्क्ष्य मल्लको दाबी छ,अब आउने दिनहरुमा शिक्षा कार्यबिधी ल्याएर गुणस्तरीय शिक्षा,प्राथमिकता दिने कार्ययोजना बनाएको बताउँछन् ।
यस आर्थिक बर्षमा पनि सडक,सिचाइ ,शिक्षा ,गोरेटो बाटो,ढलनिकास,विविधमा बिनियोजन गरिएको बताएका छन ।









