खजुरा :बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । वडामा रहेको लगनशिल किशोरी क्लवको अगुवाईमा वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो । आज १११औ अन्तर्राष्ट्रिय महिला दिबसको अवसर पारेर खजुरा गाउपालिकाले जिल्लामै पहिलोपटक वडा न ३ लाई बालबिबाह मुक्त वडा घोषणा हो । वडा नम्बर ३ पछि गाउँपालिकालाई नै बालबिबाह मुक्त गाउपालिका घोषणा गर्ने अभियानमा अगाडि बढेको गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । प्रमुख कक्षपतिले बाल विवाह मुक्त अभियानमा साथ दिने सबै सरोकार वालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

विहेवारी २० वर्ष पारी भन्ने नारा सहित आज वडा नम्बर ३ बाट निस्किएको र्यारी गाउँपालिका परिसरमा आएर घोषणा सभामा परिणत भएको थियो । जिल्ला समन्वय समतिका बाँकेका प्रमुख अजय श्रीवास्तबको प्रमुख आतित्यमा भएको दिवस तथा घोषणा कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएका थिए । महिला दिबस तथा बाल बिवाह मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका उप प्रमुख एकमाया विकले महिला सशक्तिकरणका लागी स्वयम महिला जागरुपहुनुपर्नेमा जोड दिनुभयो । महिलाहरु चुलो चौकामा मात्र सिमित नभएर सामाजिक रुपान्तरण, विकास निर्माण लगाएका क्षेत्रमा पनि अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिकाको ३ नम्बर वडा बाल विवाह मुक्त भएको र अन्य वडा पनि छिट्टै बाल बिवाह मुक्त हुनेमा बिस्वास व्यक्त गर्नुभयो । बाल विबाह मुक्त घोषणाका लागी वडाका लगनशिल किशोरी क्वलका २४ जना किशोरीहरु आवद्ध भई विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरेका थिए । वडा कार्यालय, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँकेसगं साझेदारी गर्दै अभियानलाई तिब्रता दिइएको लगनशिल किशोरी क्वलका अध्यक्ष मन्जु थापा मगरले जानकारी दिईन ।










