नेपालगन्जको ठुला होटेलमा पनि मौलाउदै यौनधन्दा

नेपालगन्ज : नेपालगन्ज मात्रै होइन बाँकेका साना होटल, गेष्ट हाउस, रेष्टुरेन्टमा हुने यौनधन्दा पुरानै हो । बाँकेका साना झुपडी, साना, मझौला होटलमा हुँदै आएको भनिएको देहव्यापार यतिबेला यहाँका तारे होटलमा समेत मौलाएको देखिएको छ ।

कहिलेकाहीँ हुने प्रहरीको छापाले केही त्यस्ता घटना उजागर नगरेको भने होईन तर जति मात्रामा त्यस्ता घाटना उजागर हुन्छन् त्य भन्दा कयौं गुणा त्यस्ता क्रियाकलाप गुपचुपमै रहदै आएको छ ।

नेपालगन्जमा एक्सर सदावहार रुपमा मौलाउदै गएको यौनजन्य क्रियाकलाप लकडाउनदेखि मौलाउँदै गएको र  देह ब्यापार अहिले नियन्त्रण बाहिर गइसकेको जानकारहरु बताउछन् । पछिल्लो समय ठुला र तारे होटलमा मौलाउँदै गएको छ ।

बाँकेका विभिन्न शहरी क्षेत्रमा चिया पसलदेखि तारे होटलसम्ममा यस्तो काम भैरहेको प्रहरीलाई समेत थाहा छ । तर प्रहरी उदासीन देखिएको छ । नेपालगन्जको न्युरोड, राँझा, बसपार्क लगायतका क्षेत्रका साथै कोहलपुरको दशबिगाह, बसपार्क, मनकामना चोक, चप्परगौडीदेखि ढकेरीसम्मको क्षेत्रमा सबैभन्दा बढि देह ब्यापार हुने गरेको छ ।

नेपालगन्ज, कोहलपुरका तारे भनिएका होटलमा उच्च सरकारी अधिकारीदेखि उच्च घरानाका यौन जोडीहरू आउने गरेको खुलेको छ । यहाँका स्टारमा यौनधन्दा हुन्छ भन्ने कुरा त यसअघि मालपोत हाकिम काण्डले पनि प्रमाणित गरिसकेको छ ।

यस्तो पेशामा १४ बर्षदेखि विवाहित महिलाहरु पनि संलग्न रहँदै आएका छन् । लकडाउनदेखि मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर रहेको स्थानीय बताउँछन् ।

देहब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा १५ सय देखि १५ हजारसम्म लिने गरेका छन् ।

‘भिआइपी पाहुना आउँदा अर्डर अनुसार कलेज पढ्ने केटी बोलाईदिन्छु । उनीहरुको रेट पनि महंगो छ । एक रातको कम्तीमा १० हजार लिन्छन्,’ कोहलपुर दशबिगाहका एक होटल सञ्चालकले भने, ‘अन्यत्रै जिल्लाबाट कलेज पढ्नका लागि कोहलपुरमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआपी पाएपछि डिल गरेर जान्छन् । उनीहरुको एकदिनको रेट १० देखि ५० हजार रुपैयाँसम्म छ ।’

श्रीमान विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउने उनीहरुको रेट १ देखि २ हजारसम्म रहेको स्रोतको दाबी छ । घर परिवारबाट टाढा बसेका प्रहरी, सेना र सरकारी कर्मचारी प्रमुख ग्राहक हुन् । यसबाहेक पर्यटकहरू पनि छन् ।

‘प्रहरीले त उपयोग गर्छन्, पैसा पनि दिँदैनन् । कतिपय अवस्थामा जेलमा पनि हालिदिन्छन्,’ एक यौनकर्मी महिलाले भनिन् । केही होटलमा कामदारको रुपमा युवती राख्ने र त्यस्तो व्यापार गराउने गरिएको छ ।

होटलमा नियमित कामदार भएर नै त्यस्ता कार्य गर्ने युवतीहरु बाँकेमा धेरै छन् । पछिल्लो समय द्रुतगतीमा शहरीकरण भइरहेका बाँकेका विभिन्न शहरोन्मुख क्षेत्रमा यो व्यवसाय बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया