नेपालगन्जमा ट्यालेन्ट शो, सौन्दर्य प्रतियोगिता र मोडेल हन्टको लुट धन्दा

नेपालगन्ज : नेपालगन्जमा बर्ष भरी कति इभेन्ट हुन्छन् ? सायद यसको उत्तर सबैलाई थाहा नहुन सक्छ । कतिपय इभेन्टको नाम र याद ताजै पनि होला । तर कतिपय इभेन्ट भने गुपचुपमै सम्पन्न भैरहेका छन् , अझ बिशेषगरि ट्यालेन्ट शो, सौन्दर्य प्रतियोगिता र मेडेल हन्ट वा त्यस्तै प्रतियोगिताहरुको नेपालगन्जमा लहर नै चलेको छ भन्दा फरक नपर्ला तर तिनै प्रतियोगिता वा इभेन्ट भने गुपचुपमै कुनै होटेलको हल भित्र मात्रै सिमित हुन्छन् र भैरहेका छन् ।

त्यस्ता हल भित्र र हुने र हल भित्रै सिमित रहने इभेन्ट वा प्रतियोगिताले कस्तो उपलब्धि देला ? प्रतियोगीको वा विजेतालाई कस्तो प्लेटफर्म देला ? त्यो भने अनुत्तरित नै छ ।

तपाइले सुन्दै नसुनेका इभेन्ट पनि भएका छन् यहि नेपालगन्जमा, कतिपय युवा पुस्ता ( टिन यजर) वा विद्यार्थीहरुलाई टिकट बेच्न र केही पैसा कमाउन मात्रै पनि आयोजना गरिएका छन् त्यस्ता इभेन्ट ।

कोरोना कहर अगाडी हप्तै  पिच्छे नेपालगन्जमा हुँने ट्यालेन्ट शो, सौन्दर्य प्रतियोगिता र मेडेल हन्ट वा त्यस्तै प्रकारका इभेन्टहरु कोरोना कहर संगै सुस्ताए पनि अहिले पुनः त्यस्ता इभेन्ट सुरु भैरहेका छन् ।

इभेन्टले युवा पुस्ता विशेषगरि प्लसटु अध्यन गर्दै गरेका विद्यार्थीहरुलाई तार्गेट गराएर इभेन्ट आयोजना गर्ने गरेका छन् । युवापुस्ता (प्लसटु अध्यन गर्ने युवायुवती) ती र त्यस्ता इभेन्टमा बढी आकर्षित हुने र आयोजकलाई पनि टिकट बेच्न र ट्रेनिङ फीको बहानमा १० देखि २० हजारसम्म चार्ज गर्न पाउने हुँदा त्यस्ता इभेन्टहरु मौलाउदै गएको जानकारहरु बताउछन् ।

केही प्रोडक्टको स्पोन्सर र टिकट बाटै मनग्ये आम्दानी गर्ने त्यस्ता इभेन्टमा प्रतियोगिलाई नै टिकट बेच्न बाध्य पारिने गरि छनौटको कार्यक्रम तयार गरिन्छ जसले गर्दा प्रतियोगिता जित्नको लागि प्रतियोगीलाई टिकट बेच्न प्रेसर हुने गरेको नेपालगन्जको प्रतिष्ठित कलेजका एक शिक्षकले बताए ।

मत सक्भर त्यस्ता कार्यक्रमका लागि कलेजमा आए भने कलेज भित्र पस्नै दिदैन, बरु शैक्षिक कार्यक्रमका लागि आउन र त्यस्ता कार्यक्रम गर्न सल्लाह दिन्छु , शैक्षिक कार्यक्रम आयोजना गरे हामी पनि सहयोग गर्छौ। तर यस्ता सौन्दर्य प्रतियोगिताले विद्यार्थीहरुलाई टिकट बेच्न बाध्य पारेको मैले नै आफ्नै विद्यार्थीलाई देखेको छु । उनले भने ।
पढ्ने बिद्यार्थीहरु टिकट कसरी बेचाउने भने हिड्न थाले भने उसको पढाइ के होला ? उनको प्रश्न थियो ।

उनको जस्तै खजुरा गाउँपालिका वडा नम्बर चारका हरि बहादुर थापाले आफ्नो छोराछोरी टिकट बेच्नकै लागि प्रतियोगिलाई प्रयोग गरिने हुँदा यस्ता कार्यक्रम प्रती बिश्वास नरहेको बताउछन् ।

कुनै पनि इभेन्ट आफैमा खराब हुदैन त्यस्ता प्रतियोगिताले प्रतियोगिहरुको बेक्तित्व बिकासमा टेवा पुग्ने भए पनि हाल बिकृतिको रुपमा बिकास भएको उनको जिकिर छ ।


पैसा कमाउनकै लागि नेपालगन्जमा त्यस्ता कार्यक्रम हुने गरेको सर्वत्र आलोचना भए पनि लकडाउन पछाडी मात्रै ४-५ वटा इभेन्ट नेपालगन्जमा सम्पन्न भैसकेका छन् । आयोजकले विभिन्न अवसर प्रदान गर्ने भनिए पनि त्यस्ता अवसर प्रदान गरिएको खासै चर्चामा आएको छैन ।

अझ रोचक के छ भने नेपालगन्जमा हुने अक्सर इभेन्ट वा त्यस्ता प्रतियोगिता आयोजना गर्ने आयोजक सम्बन्धित बिभाग वा कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता नगरेरै विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बुझिएको छ ।

प्रतिक्रिया