किसानलाई वायोग्यास सहित भकारो सुधार

नेपालगन्ज: बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ अकलघरुवामा रहेको दिगो कृषि तथा पशुपालन समुहलाई वायोग्यास सहित भकारो सुधार कार्यक्रमलाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले हस्तान्तरण गरेको छ ।

विज्ञ केन्द्रद्धारा निर्माण तथा संचालनमा ल्याइएको २५ घरधुरीमा वायोग्यास सहित सुधारीएको भकारोलाई आज सोमबार एक कार्यक्रमको आयोजना गरेर भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्रि आरति पौडेलको प्रमुख आतित्थमा हस्तान्तरण गरिएको थियो । समितिका अध्यक्ष ज्याला अहिरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रम तथा सार्वजनिक सुनवाईमा बोल्दै मन्त्रि पौडेलले सो क्षेत्रलाई सामुदायिक भैसी केन्द्रका रुपमा विकास गर्न चाहेको बताउनुभयो ।

मन्त्रि पौडेलले यादव समुदायको सम्मानको लागी र पेसा प्रतिको लागवको लागी मन्त्रालयले सहकार्य गरेर सहयोग गर्दै जाने बताउनुभयो । प्रदेश सरकारले दुग्ध उत्पादन गर्ने किसानहरुका लागी एक लिटरमा २ रुपैया अनुदान, पाडा पाल्नेहरुकालागी प्रति केजि १५ रुपैया अनुदान लगाएतका उत्पादनमुखि सहयोगी कार्यक्रमहरु ल्याएको उल्लेख गर्नुभयो । उहाँले भान्सालाई औषाधालयका रुपमा लैजान सुझाव दिदै गुणस्तरमा ध्यान दिन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा निर्माण भएको वायोग्यास सहित भकारो सुधारलाई सदुपयोग गरि काम गर्न पर्नेमा जोड दिएका थिए । अकलघरुवामा रहेका यादव समुदायमा आफ्नो जिविको पार्जनका लागी मुख्य रुपले खेतीपाती गर्ने, गाई भैसी पाल्ने, दुध उत्पादन तथा विक्रि व्यवसाय गरि आय आर्जन गर्ने र गोबरको गुँइठा बनाएर खाना पकाउने पुर्खौली परम्परालाई वायोग्यास सहित भकारो सुधार कार्यक्रम मार्फत अन्य गर्न खोजिएको विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले बताउनुभयो ।

वायोग्यास सहित भकारो सुधार कार्यक्रम सम्पन्न गर्न २५ वटाको कुल लगानी ४७ लाख ५० हजार लागेको समितिले जानकारी दिएको छ । एक वटा वायोग्यास सहित भकारो सुधार निर्माण गर्नका लागी १ लाख ६० हजार अनुमान गरिएकोमा अनुदान ८० हजार विज्ञ केन्द्रले उपलव्ध गराएको र थप रकम १ लाख १० हजार सबै किसानहरुले लगानी गरेको समितिका अध्यक्ष ज्याला अहिरले जानकारी दिनुभयो ।

वैकल्पिक उर्जा विकास कम्पनीले विज्ञ केन्द्र र कृषक समितिसगं सहकार्य गरेर उक्त वायोग्यास सहित भकारो सुधार निर्माण गरेको हो ।

प्रतिक्रिया