बाँके :

बाँकेको बैजनाथ गाउँपालिकामा आयोजना भएको गाउँपालिकास्तरीय खेलकुद प्रतियोगितामा प्रभात नमूना माध्यमिक बिद्यालय प्रथम स्थान हासिल गरेको छ ।
बुधबारदेखि शुरु भएको खेलकुद प्रतियोगिता शुक्रबार सकिएको हो । प्रतियोगितामा प्रभातले १२ स्वर्ण, ११ रजत र २ कास्य पदक जित्दै गाउँपालिकामै प्रथम भएको हो ।
समापन कार्यक्रममा पूर्व सिंचाई राज्य मन्त्री एव प्रभात माबि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनार, गाउँपालिका प्रमुख मान बहादुर रुचाल, वडा नं. ६ का वडा अध्यक्ष भभद्र बहादुर बस्नेतले संयुक्त रुपमा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार बितरण गर्नुभयो ।
प्रतियोगितामा प्रभातले आधारभूततर्फ छात्र १०० मिटर दौड, छात्र ४०० मिटर दौड, छात्रा ४०० मिटर दौडमा स्वर्ण, लङ्गजम्प छात्रतर्फ स्वर्ण, छात्रातर्फ रजत, माबितर्फ ४०० मिटर रिले दौडमा छात्रातर्फ स्वर्ण, त्रिपल जम्प छात्रातर्फ स्वर्ण, आधारभूत छात्रा १०० मिटर दौडमा रजत, लगायत खेलमा पदक प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै प्रतियोगितामा दिप ज्योति माध्यमिक बिद्यालय चसिापानी ६ स्वर्णसहित दोस्रो र जनता आदर्श माध्यमिक बिद्यालय जब्दहवा ३ स्वर्णसहित तेस्रो हुन सफल भएको छ ।
यस्तै उत्कृष्ठ मार्चपासमा इश्वरी माध्यमिक बिद्यालय एच गाउँ भएको छ । नेपाल राष्ट्रिय निम्न माध्यामिक ओरीलालपुरको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा माघ १५ गतेदेखि संचालन भएको थियो । प्रतियोगितामा गाँउपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी ४४ विद्यालय सहभागि भएको थियो ।
प्रतियोगितामा मा.वि. तथा आधारभुत तहका विद्यार्थीहरुबिच १०० मिटर, २०० मिटर, ३०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौडका साथै ज्याभलिन थ्रो, लङजम्प, हाईजम्प, सटपट भलिबल, एथ्लेक्टिस लगायतका खेलहरुमा प्रतिस्पर्धा गराइएको थियो ।












