बाँकेका जेष्ठ नागरिकहरुद्धारा प्रकाशित पुस्तक ‘प्रयास’को आज सार्बजनिक गरिएको छ । शिक्षाका लागी नागरीक सन्जाल (एनसिइ) बाँकेको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित अन्र्तक्रिया कार्यक्रममा उक्त पुस्तक सार्वजनीक गरीएको हो । सामाजीक रुपान्तरणमा महिलाहरुको भूमीका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागी पुर्वसांसद खड्ग वहादुर वुढा, इन्सेकका केन्द्रिय सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, जेष्ठ नागरीक लिलानाथ अधिकारी, समाजसेवि सतिस कुमार हरीजन लगायतले पुस्तक सार्वजनीक गर्नुभएको हो ।
शिक्षाका लागी नागरीक सन्जाल (एनसिइ) बाँकेका अध्यक्ष तारा खनालले कृषि गर्न चाहनेहरुका लागी यो पुस्तक महत्वपुर्ण रहेको बताउनुभयो । पुस्तकमा च्याउखेति, माछापालन, टर्किपालन, ड्रागन फल खेति, तरकारी खेति लगायतका कृषि बालीबारे जानकारी समेटिएको उहाँको भनाई छ । यसका साथै शिक्षा, सिकाइ लगायतका जेष्ठ नागरीकका अनुभव समेटिएका लेख, रचनाहरु समेत यस पुस्तकमा समावेश गरीएको अध्यक्ष खनालले वताउनुभयो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै पुर्वसांसद वुढाले महिलाहरुले इतिहासदेखी संर्घष गर्दै आएको भएपनि हालसम्म पनि अधिकार प्राप्त गर्न नसकेको बताउनुभयो । अझैपनि महिलाको नाममा पैतृक सम्पती हकका रुपमा कानुमा भएपनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । पहिलेको तुलनामा केहि परीवर्तन भएपनि पितृसतात्मक सोचले अझै गाँजेकाले यो समय अनुसार परीवर्तन हुदै जाने र शिक्षित व्यक्तिहरुले पनि परीवर्तन गर्दै जानुपर्नेमा वक्ताहरुको जोड थियो । सन्जालका लुम्बिनि प्रदेश सदस्य जयन्ति गरीले स्वागत गर्नुभएको कार्यक्रमलाई सन्जालका उपाध्यक्ष भद्र प्रसाद देवकोटाले सन्चालन गर्नुभएको थियो ।
यसका साथै इन्सेक कार्यालय नेपालगन्जले सन्जाललाई मानवअधिकार वर्ष पुस्तक हस्तान्तरण गरेको थियो ।










