नेपाली ड्राइभरमाथि महिलाले गरे हातपात, भिडियो बन्यो भाइरल

काठमाडौं:  एक नेपाली उबर ट्याक्सी ड्राइभरमाथि महिलाहरुले हातपात गरेको भिडियो सार्वजनिक भएको छ। 

अमेरिकामा बसेर ट्याक्सी चलाउँदै आएका शुभाकर खड्कामाथि उनको ट्याक्सीमा बसेका केही महिलाले हातपात गर्दै जातीय घृणाको गालीसमेत गरेका हुन। 

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा खड्काको ट्याक्सीमा चढेका महिलाले उनीमाथि गाली गर्ने र उनको फोन खोस्नेदेखि मास्क तानेर चुडाइदिनेसमेत गरेका छन्। 

ती महिलाले खड्कालाई आफूलाई कोरोना (कोभिड–१९) भाइरस लागेको भन्दै बेस्सरी खोकेकीसमेत थिइन्।

अमेरिकाको आइतबार साँझ उक्त घटना भएको थियो। ट्याक्सीमा सवार महिलामध्ये एकजनाले मास्क नलगाएका कारण चालकले मास्क लगाउन अनुरोध गरेपछि सवार ग्राहक उग्र बनेका थिए। 

शुभाकरको ट्याक्सीबाट खिचिएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ। –फक्स सिक्स न्युजबाट 

प्रतिक्रिया