बर्दियामा १२ किसानले एकै पटक खरिद गरे कृषि मेसिन

बर्दिया : कोरोना कहरका बेला बैदेशिक रोजगारी बाट फकिएर रोजगारी गुमाएकाहरुले एकै साथमा कृषि मेसिन खरिद गरेका छन । बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवाहरुले गाउँमै कृषि कर्म गरेर स्वरोजगार बन्न मिनिटिलर खरिद गरेका हुन ।

१२ जनाले मिनिटिलर र एकजनाले राइसमिल खरिद गरी स्वरोजगारको बाटो अवलम्बन गरेका हुन । गाउँमा खेती गर्ने क्रममा रागाँ रोरुको सहायताले खेत जोत्ने गरेका किसानहरुले यान्त्रिकरण तर्फ लागेका हुन । उनिहरुले कुनै अनुदान पाएर भने खरिद गरेका होइनन् । विदेशबाट फर्केका रोजगारी गुमाएकाहरुलाई सिमिट इन्टरनेशनलद्धारा संचालित सिसा परियोजनाले पटक पटक कृषिमा मेसिनको प्रयोग र उत्पादनका बारेमा सहजिकरण गरेपछि किसानहरु आधुनिक मेसिन खरिद गर्न राजि भएका हुन ।

समयको बचत कम लगानी हुने भएकाले किसानहरुले कृषि मेसिन रोजेका हुन । सिसा परियोजनाले अन्न बालि र कृषि यान्त्रिकरणका क्षेत्रमा काम गर्दै आएको छ । जनवरी २० बाट कोरोनाको माहामारी सुरु भएपछि विभिन्न मुलुक बाट रोजगारी गुमाएर नेपाल फर्केकाहरुका लागी सिसा परियोजनाले उनिहरुलाई लक्षित गरेर गाउँमै उद्यमी बनाउने, स्वरोजगार बन्न प्रेरित गर्ने, विभिन्न सिप प्रदान गर्ने काम गरेर उनिहरुको बेरोजगारी समस्या समाधान गर्न उदेश्य बोकेको सिसा परियोजनाका बाँके बर्दिया संयोजक सालिन आचार्यले जानकारी दिनुभयो ।

जतिपनि कृषि मेसिनहरु छन त्यसको बारेमा किसानलाई जानकारी दिने, जानकारी लिनइच्छुक किसानहरुलाई तालिमहरु प्रदान गर्ने, नगद कृषि सामाग्रीहरु खरिद गर्न नसक्नेहरुलाई बैंक तथा वित्तिय सस्थाहरुमा सहजिकरण गरिदिने काम पनि सिसा परियोजनाले गर्ने गरेको संयोजक आचार्यले जानकारी दिनुभयो । कृषि मेसिन खरिद गरिसकेपछि त्यसको संचालन गर्न आवश्यक पर्ने तालिमहरु परियोजनाले नै दिने आचार्यले बताउनुभयो ।

किसानका व्यवसायलाई प्रर्वद्धन गर्ने काम पनि परियोजनाले गरेकाले पछिल्ला दिनमा परियोजनासगं जोडिएका किसान व्यवसायिहरु बढ्दै गएका छन । यो वर्षमा सय जनाजतिलाई कृषि व्यवसायमा जोड्नका लागी परियोजनले सहयोग सहकार्य तथा प्रर्वद्धन गरिरहेको छ । बाँके, बर्दिया, दाङ्ग, कैलाली र कन्चनपुरका विदेश बाट फर्किएका रोजगारी गुमाएकाहरुलाई सहयोग गर्ने योजना रहेको परियोजनाले जनाएको छ ।

बुधबार एकै पटक १२ जना किसानहरुले कृषि मेसिन खरिद गरेकाहरुलाई परियोजनाले स्वागत सम्मान समेत गरेको थियो । उनिहरुलाई मिनिटिलरको प्रयोगका बारेमा समेत परियोजनाका कर्मचारीहरुले जानकारी गराएका थिए । सिसा परियोजनाका कृषि प्राविधिक राजेन्द्र कुन्जेडाले युवा किसानहरुलाई मेसिनको जानकारी दिदै यसको फाइदाका बारेमा सम्झाउने र बुझाउने काम गरिएको जनाउनुभयो ।

कृषि यान्त्रिकरण प्रयोग गरिसकेका किसानसगं नयाँ किसानलाई भेट गराएर यसको जानकारी र फाइदाका बारेमा बुझाउने पनि गरिएको कृषि प्राविधिक कुन्जेडाले बताउनुभयो । कृषि मेसिन खरिद गरेका किसानहरुले हल गोरु, रागाँ भन्दा मेसिनको उपयोगिताले समयको बचतका साथै आर्थिक बृद्धि समेत हुने भएकाले यसतर्फ लागेको बताएका थिए ।

प्रतिक्रिया